पानीपतमा सात वर्षीय बालकलाई उल्टो झुण्डाएर कुटियो, मामिला दर्ता
पानीपतमा सात वर्षीय बालकलाई उल्टो झुण्डाएर कुटियो, मामिला दर्ता


पानीपत, 28 सेप्टेम्बर (हि.स.)। पानीपतको एक प्ले-वे स्कूलमा दोस्रो कक्षाको छात्रलाई बर्बरता पूर्वक कुटपिट गरेको मामिला प्रकाशमा आएको छ। आरोपीले छात्रलाई स्कूलको खिड़कीमा उल्टो बाँधेर थप्पड़ लगायो अनि त्यसको भीडियो बनायो। स्कूलका बस ड्राइभरले भीडियोलाई सोशल मीडियाका विभिन्न प्लेटफर्ममा अपलोड गरिदिए। गए शनिवार साँझ छात्रका अभिभावकहरूले यो भीडियो देखे। यो मामिला पुरानो भए पनि सोशल मीडियामा अहिले भाइरल भइरहेको छ। त्यसपछि परिवारले स्कूलमा पुगेर प्रिन्सिपलसित घटनाको बारेमा सोध्यो। पुलिसले सिकायतको आधारमा आरोपी ड्राइभरविरूद्ध मुद्दा दर्ता गरेको छ।

यस सम्बन्धमा जानकारी गराउँदै महिला डोलीले बताइन्, तिनी मुखिया कलोनीमा बस्छन्। तिनका छोरा विराटनगरस्थित सरिजन पब्लिक स्कूलमा दोस्रो कक्षामा अध्ययनरत छ। शनिवार त्यसबेला उनीहरूको होश उड़्यो जतिबेला उनीहरूले सोशव मीडियाको प्लेटफर्म इन्स्टाग्राममा भीडियो देखे। भीडियो देख्नसाथ तिनले आफ्ना पतिलाई फोनमा सबै कुरा बताइन्। त्यसपछि परिवारका सदस्यहरू स्कूल पुगे।

स्कूलमा प्रिन्सिपलले बताइन्, नानीलाई ड्राइभरले बाँधेको हो। स्कूल प्रिन्सिपल रिनाले परिवारलाई बताइन्, उनलाई यस भीडियोको बारेमा विस्तृत जानकारी छैन। गत 13 अगस्तमा उनको छोराले होम पर्क नगरी आएको थियो। स्कूलमा मेल टिचर नभएको कारणले स्कूल ड्राइभर अजयलाई उसलाई हप्काउन लगाएको थियो। परिवार र प्रिन्सिपलले यस सम्बन्धमा छात्रसित जाँचबुझ गर्दा उसले सबै कुरा विस्तारपूर्वक बतायो। प्रिन्सिपलले बताइन्, ड्राइभरको व्यवहार नानीहरूप्रति राम्रो थिएन। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande