कोलकाता, 28 सेप्टेम्बर (हि.स.)। चाड़-पर्वको मौसममा यात्रीहरूको व्यापक भीड़लाई मध्यनजर गर्दै दक्षिण पूर्व रेलवेले केही ट्रेनहरूमा अस्थायी रूपमा अतिरिक कोच जोड़्ने निर्णय लिएको छ। यो व्यवस्था 27 सेप्टेम्बरदेखि आगामी 8 अक्टोबर, 2025-सम्म लागू रहनेछ।
रेलवे अनुसार 02847/02848 सन ्तरागाछी–दिघा–सन्तरागाछी स्पेशलमा 27 सेप्टेम्बर र 4 अक्टोबरमा एउटा-एउटा सामान्य श्रेमईको कोच तथा 02897/02898 सन्तरागाछी–दिघा–सन्तरागाछी स्पेशलमा 28 सेप्टेम्बर र 5 अक्टोबरमा एउटा-एउटा सामान्य श्रेणीको कोचलाई जोड़िनेछ। यस अतिरिक्त 12837 हावड़ा–पुरी एक्सप्रेसमा 27 सेप्टेम्बरदेखि 8 अक्टोबरसम्म एउटा स्लीपर कोच, 12863 सन्तरागाछी–यशवन्तपुर एक्सप्रेसमा 2 अक्टोबरमा दुईवटा एसी-2 टियर कोच र 12883/12884 सहित अन्य केही ट्रेनहरूमा सेकण्ड सीटिंग एवं सामान्य श्रेमईको अतिरिक्त कोच जोड़िनेछ।
रेलवेले भनेको छ, यो व्यवस्था कोचहरूको उपलब्धता तथा निर्धारित भार सीमालाई ध्यानमा राखेर गरिँदैछ। यात्रीहरूसित अपील छ कि उनीहरूले आफ्नो यात्राको योजना यी सुविधाहरूलाई ध्यानमाराखेर बनाउन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा