कोटा, 28 सेप्टेम्बर (हि.स.)। आनन्दपुरा थाना क्षेत्रस्थित दीपश्री मल्टी स्टोरी बिल्डिंगमा गए शनिवार अबेर राती पीड़ादायी घटना भयो। फोर्थ फ्लोरस्थित एक फ्ल्याटमा अचानक धुँवा फैलिएर टीभी वीर (10) र तिनका दाज्यु शौर्य (15)-को मृत्यु भयो। यो घटना हुँदा दुवै दाज्यु-भाइ मात्र घरभित्र सुतिरहेका थिए।
जानकारी अनुसार राती लगभग दुई बजे बिल्डिंगको फ्ल्याट नम्बर 403-बाट धुँवा आइरहेको देखेर छिमेकीहरूले तुरून्त ढोका भत्काए अनि दुवैलाई बाहिर निकालेर अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले दुवैलाई मृत घोषित गरिदिए।
थानाधिकारी रूपेन्द्र सिंहले बताए, दुर्घटना हुँदा वीर र शौर्यका पिता जितेन्द्र शर्मा जो कोटामा कोचिंग टिचर हुन्, घरमा थिएनन्। आमा रीता शर्मा जसले मुम्बईमा टीभी सीरियल र फिल्महरूमा अभिनय गिररहेकी छन्, शुटिंगको सिलसिलामा बाहिर गएकी थिइन्। प्रारम्भिक जाँचमा आशंका व्यक्त गरिँदैछ, शर्ट सर्किटको कारणले फ्ल्याटभरि धुँवा भरिएको थियो जसबाट दुवैको निसास्सिएर मृत्यु भयो।
वीरले टीभी धारावाहिकहरूमा बाल कलाकारको रूपमा काम गरिसकेका थिए भने अर्को फिल्मको तयारी पनि गरिरहेका थिए। परिवारको मिलनसार स्वभावको कारणले क्षेत्रमा उनीहरूको पहिचान थियो। दुर्घटनापछि सम्पूर्ण क्षेत्रमा शोक व्याप्त भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा