लेह, 30 सेप्टेम्बर (हि.स.)। उत्तरी कमानका जनरल अफिसर कमान्डिङ-इन-चीफ लेफ्टिनेन्ट जनरल प्रतीक शर्माले केन्द्र शासित प्रदेश लद्दाखका विभिन्न अग्रिम क्षेत्रहरूको दौड़ाह गरी परिचालन तयारीहरूको जायजा लिए। 27 सेप्टेम्बरमा लेह पुगेका सेनाको उत्तरी कमान्डरले तैनाथ सैनिकहरूको उच्च मनोबल र दृढ़ प्रतिबद्धताको प्रशंसा गरे।
सेनाको उत्तरी कमानले सोमवार अबेर राति एक पोस्टमा भनेको छ, लेफ्टिनेन्ट जनरल प्रतीक शर्माले परिचालन तयारीहरूको समीक्षाको निम्ति सियाचिन ब्रिगेड, पूर्वी लद्दाख र काराकोरम पासमा तैनाथ एकाईहरूको दौड़ाह गरे र सबै ऱ्याङ्कहरूको उच्च मनोबल र दृढ़ प्रतिबद्धताको प्रशंसा गरे। कमान्डरले सियाचिन बेस क्याम्पमा राष्ट्रिय ध्वज प्रश्नोत्तरी विजेताहरूसित कुराकानी गरे औं उनीहरूको राष्ट्रिय भावना र समर्पणको सराहना गरे।
उनले सियाचिन बेस क्याम्पमा 7000 मीटरभन्दा अधिक अग्लो अत्यन्तै चुनौतीपूर्ण चोटीमा पर्वतारोहण अभियानलाई हरियो झण्डा देखाए औं उनीहरूको अदम्य साहस र पर्वतारोहणमा एक नयाँ मानदण्ड स्थापित गर्नका लागि उनीहरूको सराहना गरे।
हिन्दुस्थान समाचार / भवानी थामी