लखनऊ, 30 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेश एन्टी टेररिस्ट स्क्वाड (एटीएस) ले सोमवार गए राति प्रदेशको राजधानी लखनऊ समेत धेरै जिल्लाहरूमा छापा मारेर देशमा कट्टरपन्थी गतिविधिहरू विरूद्ध कारबाही गरेको छ। यस अवधि अलग-अलग जिल्लाहरूबाट चार कट्टरपन्थीहरूलाई पक्राउ गरिएको छ।
एसटीएसका आईजी पीके गौतमले मंगलवार पत्रकारहरूलाई बताए, सुलतानपुरबाट अकमल रजा, सोनभद्रबाट सफ़ील सलमानी, कानपुरको घाटमपुरबाट तौसीफ र रामपुरको सराय करीमबाट कासिमलाई पक्राउ गरिएको छ। चारै जना पाकिस्तानमा कट्टरपन्थी एवं जेहादी गतिविधिहरू चलाउने संगठनको सम्पर्कमा थिए।
आईजी एटीएसले बताए, शुरूआती सोधपुछमा चारै कट्टरपन्थीहरूले खुलासा गरेका छन् कि यिनीहरू जेहाद गर्ने र शरिया कानून लागू गर्ने अभियान चलाउने योजना बनाइरहेका थिए। यसको निम्ति यिनीहरूले आफू सरह कट्टरपन्थी विचारधारा भएका मानिसहरूलाई जोड़िरहेका थिए। यी कार्यहरूका लागि यिनीहरूले धेरै हिंसात्मक जेहादी साहित्यहरूको संकलन, लेखन र त्यसलाई प्रचारित-प्रसारित गर्ने कार्य गरिरहेका थिए।
पक्रा परेका अभियुक्तहरूलाई न्यायालय समक्ष प्रस्तुत गरी अग्रिम विधिक कारबाही गरिनेछ। यिनीहरूका अन्य साथीहरू र मद्दतगारहरूको विषयमा विस्तृत जानकारी प्राप्त गर्न अभियुक्तहरूको पुलिस कस्टडी रिमान्डलाई लिएर न्यायालयसित अनुरोध गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी