अनन्तनाग, 6 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री उमर अब्दुल्लाले हालैमा भएको वर्षाबाट उत्पन्न स्थितिको जायजा लिनको लागि शनिवार दक्षिण कश्मीरको अनन्तनाग शहर तथा जिल्लाका अन्य बाढ़ी प्रभावित क्षेत्रहरूको दौड़ाह गरे। उनीसित उपमुख्यमन्त्री सुरिन्दर चौधरी, मुख्यमन्त्रीका सल्लाहकार नासिर असलम वानी, क्याबिनेट मन्त्री जावेद राणा, सकिना इतो अल्ताफ कालू, मजिद लारमी, डा. बशिर वीरी, रियाज खान औ जफर खट्टाना सहित केही विधायकहरू उपस्थित थिए। मुख्यमन्त्रीसित अनन्तनागका उपायुक्त सैयद फरकुद्दिन सहित जिल्ला प्रशासनका अधिकारीहरू पनि उपस्थित थिए।
यस अवधि मुख्यमन्त्रीले प्रभावित परिवारहरूसित बातचित गरे साथै घर, सड़क एवं सार्वजनिक बुनियादी ढाँचालाई भएको क्षय-क्षतिको मूल्यांकन गरे। उनले आश्वासन दिए, बाढ़ी प्रभावित मानिसहरूलाई राहत अनि सहायता प्रदान गर्नको लागि सबै आवश्यक कद उठाइनेछ। मुख्यमन्त्रीले क्षतिको मूल्यांकन गर्नको लागि मेहदी कदल, देवा कलोनी, आशागीपोरा पुल र जिल्लका अन्य क्षेत्रहरूको भ्रमण गरे।
मुख्यमन्त्रीले जिल्ला प्रशासनलाई प्राथमिकताको आधारमा बहाली कार्यलाई तीव्र बनाउने तथा प्रभावित क्षेत्रहरूमा अलिकति पनि ढिल्याई नगरी आवश्यक आपूर्ति सुनिश्चित गर्ने निर्देश दिए। सूत्रले बतायो, मुख्यमन्त्री उमर अब्दुल्लाले अब स्थितिको समीक्षा गर्नका लागि डाक बंगला अनन्तनागमा जिल्लाका प्रशासनिक अधिकारीहरूसित बैठकको अध्यक्षता गर्नेछन् जसमा अधिकारीहरूलाई निर्देश दिन सक्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा