बंगालमा अब इलेक्ट्रिक वाहनहरू चल्नेछ, 22 हजार सरकारी वाहन स्क्र्यापमा जानेछ
बंगालमा अब इलेक्ट्रिक वाहनहरू चल्नेछ, 22 हजार सरकारी वाहन स्क्र्यापमा जानेछ


कोलकाता, 6 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगाल सरकारले 15 वर्षभन्दा अधिक पुरानो सरकारी वाहनहरूलाई चरणबद्ध ढंगमा हटाउने प्रक्रिया शुरू गरेको छ। मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा लगभग 22 हजार वाहनहरूलाई स्क्र्याप गर्ने निर्णय लिइएको छ। यसमा लगभग 7 सय पुलिस वाहन सामेल छ। यी वाहनहरूको सट्टामा नयाँ इलेक्ट्रिक वाहन खरिद गर्ने सरकारको योजना छ।

परिवहन विभागका एक जना अधिकारीले आफ्नो नाम उजागार नगरिदिने शर्तमा बताए, प्रत्येक विभागबाट पुरानो वाहनहरूको विवरण जस्तै वाहन संख्या र पञ्जीकरण नम्बर मागिएको छ। सानो चार चक्के वाहनदेखि लिएर ठूलो कारसम्म सबै श्रेणी यस सूचीमा सामेल छ। स्क्र्याप गरिने वाहनहरूमा 698 वटा पुलिस वाहन, 481 वटा परिवहन विभागको वाहन तथा 710 वटा विभिन्न सरकारी उपक्रमहरूको वाहन सामेल छन्। यस अतिरिक्त पञ्चायत, लोक निर्माण, सार्वजनिक स्वास्थ्य तथा तकनिकी विभाग सहित अन्य विभागहरूको लगभग 19,793 वाहनहरूलाई पनि हटाइनेछ।

यो कदम यस्तो समयमा उठाइँदैछ जतिबेला पछिल्लो साता तृणमूल कंग्रेस विधायक शौकत मोल्लाको पायलट कारको ब्रेक फेल भएर एकजना बाइक सवारको मृत्यु भएको थियो। जाँचमा थाहा लाग्यो, त्यो कार 15 वर्षभन्दा अधिक पुरानो थियो। यस घटनापछि नै राज्य सरकारले पुरानो वाहनहरूलाई हटाउने निर्णय लिएको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande