मणिपुरमा पाँच तस्कर पक्राउ, नशालु पदार्थ र 1.23 लाख नगद जफत
मणिपुरमा पाँच तस्कर पक्राउ, नशालु पदार्थ र 1.23 लाख नगद जफत


इम्फाल, 06 सेप्टेम्बर (हि.स.)। मणिपुर सुरक्षा बल औ पुलिस अधिकारीहरूले इम्फाल पूर्व अनि थौबल जिल्लामा संचालित दुई भिन्न अभियानमा नशालु पदार्थ तस्करीको आरोपमा 1.23 लाख रुपियाँ नगदसितै पाँचजना आरोपीहरूलाई पक्राउ गरेको छ।

मणिपुर पुलिस मुख्यालयद्वारा गए अबेर राती जारी आधिकारिक बयान अनुसार पछिल्लो 24 घण्टामा नशालु पदार्थविरूद्ध अभियान संचालन गरियो। यस अभियानको क्रममा इम्फाल पूर्वको हिनगांग पुलिस स्टेशन अन्तर्गत खोमिदोक करोंग गाउँका चारजना मानिसहरूलाई नशालु पदार्थ बिक्री एवं तस्करीमा संलिप्तताको आरोपमा पक्राउ गरियो। पक्रा पर्ने आरोपीहरूको पहिचान मरियम बेगम (54), अब्दुल मतलिब (36), मोहम्मद उमर (28) औ रुहिना (30)-को रूपमा भएको छ। सुरक्षा बलहरूले यिनीहरूको कब्जाबाट 129 ग्राम हेरोइन चार नम्बर शिशी सहित, 137 वटा खाली शीशि, 14 वटा सिरिञ्ज, सात वटा मोबाइल तथा 1,23,750 नगद जफत गरे।

यसबीच अर्को अभियानमा थौबल पुलिसले थौबल जिल्लाको खेकमान माखा लेइकाई निवासी असिम सोमन्दा सिंहलाई उसैको घरबाट पक्राउ गऱ्यो जसको कब्जाबाट पुलिसले सामप्फक्स प्लसको तीन डब्बा, स्पास-ट्रासकेन प्लसको दुई डब्बा, ट्यूसरेक्स-टीआर कफ सिरपको 15 बोतल र एउटा बेस्कोडेक्स कफ सिरप जफत गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande