नयाँ दिल्ली, 6 सेप्टेम्बर (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले ड्रग्स तस्करीविरूद्ध महत्वपूर्ण कारबाही गर्दै अन्तर्राष्ट्रिय ड्रग सप्लाई सिण्डिकेटको भण्डाफोर गरेको छ। यस कारबाहीमा 6 जना ड्रग तस्कहरूलाई पक्राउ गरिएको छ भने यिनीहरूबाट 5.737 किलो गाँजा, 3 वटा वाहन र 2 वटा पासपोर्ट जफत गरिएको छ।
क्राइम ब्राञ्चका डीसीपी हर्ष इन्दौरा अनुसार यो गिरोहले थाईल्याण्डको ब्यांककबाट गाँजा मगाएर दिल्ली-एनसीआर एवं अन्य शहररूमा उच्च मूल्यमा बिक्री गर्दै आएको थियो। पक्रा पर्ने आरोपीहरूको पहिचान तिलक नगर निवासी मेहराज खान (42), निलोठी निवासी प्रताप सिंह (32), आजमगढ़ निवासी अनिल कुमार सिंह (37), चन्दर विहार निवासी सुरजीत सिंह (34), विकासपुरी निवासी हरप्रीत सिंह (27) औ निहाल विहार निवासी राजवन्त सिंह (49)- को रूपमा भएको छ।
डीसीपी अनुसार गत 26 अगस्तमा क्राइम ब्राञ्चको टीमले गुप्त सूचनाको आधारमा कतिपय ठाउँमा छापा माऱ्यो। यस अवधि प्रताप सिंह र मेहराज खानलाई केशोपुर मण्डीस्थित होटल गोल्डन म्यान्शन नजिकबाट दुई वटा कार सहित पक्राउ गरियो। जाँच गर्दा 3.708 किलो गाँजा भेटियो। डीसीपी अनुसार गत 01 सेप्टेम्बरको दिन यस मामिलामा मुख्य सप्लायर अनिल कुमार सिंहलाई तकनिकी निगरानीको आधारमा हैदराबादबाट पक्राउ गरियो।
उसैले बताए अनुरूप उत्तर प्रदेशको आजमगढ़स्थित गाउँबाट एउटा कारमा लुकाएर राखिएको 2.029 किलो गाँजा जफत गरियो। त्यसपछि 3 सेप्टेम्बरमा टीमले चन्दर विहार, दिल्लीबाट थप तीनजना आरोपीहरू क्रमैले हरप्रीत सिंह, राजवन्त सिंह औ सुरजीत सिंहलाई समात्यो। जाँचबुझमा थाहा लाग्यो, यिनीहरू सबैले थाईल्याण्डबाट आउने गाँजाको तस्करीमा सक्रिय भूमिका निभाएका थिए साथै गिरोहका सदस्य प्रताप सिंह र अनिल कुमार सिंहसित जोड़िएका थिए।
जाँचमा यो पनि खुलासा भएको छ, यो सिण्डिकेट अनिल कुमार सिंह र दुबईमा बसेका ईशानद्वारा संचालन भइरहेको छ। थाईल्याण्डबाट 1.5 लाख रुपियाँ किलो गाँजा खरिद गरेर दिल्ली-एनसीआरमा 6–7 लाख रुपियाँ किलोसम्म बेचिन्थ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा