कोलकाता, 6 सेप्टेम्बर (हि.स.)।आगामी वर्ष 2026 -मा हुने पश्चिम बंगाल विधानसभा चुनाउमा कंग्रेस र लेफ्ट फ्रण्टबीच सम्भावित गठबन्धनमाथि आशंका गहिरिँदै गइरहेको छ। लेफ्ट फ्रण्टका केही सहयोगी दलहरूले सीट बाँड़फाँड़लाई लिएर कड़ा आपत्ति जनाएका छन्।
वाम मोर्चाका एक जना नेताले आफ्नो नाम उजागर नगरिदिने शर्तमा बताए, बंगाल कंग्रेस अध्यक्ष शुभंकर सरकारले वाम दलहरूसित तालमेल राख्नको सट्टा मौन बसेर तृणमूलको पक्षमा अधिक झुकाउ देखाइरहेका छन्। यसपूर्व अधिर रञ्जन चौधरी प्रदेश कंग्रेसअध्यक्ष हुँदा खुलेर वामदलहरूसित गठबन्धनको वकालत गर्दथे, तर शुभंकर सरकारको पक्षबाट यस्तो कुनै पहल भइरहेको छैन।
अर्कोतिर हालैमा सम्पन्न लेफ्ट फ्रण्टको बैठकमा कंग्रेससित सीट सम्झौतामाथि चर्चा भयो। यस अवधि फ्रण्टका दुई महत्वपूर्ण घटक दल क्रमैले अल इण्डिया फरवर्ड ब्लक र रिभोल्युशनरी सोशलिस्ट पार्टीले स्पष्ट रूपमा यसमाथि असहमति व्यक्त गरे। फरवर्ड ब्लकले 34 वटा सीटको माग राख्यो जसमा उसले वर्ष 1977 सालमा लड़ेको थियो जतिबेला वाम मोर्चा पहिलो पटक सत्तामा आएको थियो र लगातार 34 वर्षसम्म शासन गऱ्यो। यसरी नै आरएसपीले 23 वटा सीटमा दाबी गऱ्यो।
सीपीआईले यस मुद्दामा अपेक्षाकृत नरम नीति अप्नायो। यसका प्रतिनिधिले भने, उनीहरू कंग्रेससित गठबन्धनको विरोधमा छैनन्, तर उनीहरूको सीट संख्या सीपीएमभन्दा कम र फरवर्ड ब्लक र आरएसपीभन्दा अधिक हुनुपर्छ।
पश्चिम बंगाल विधानसभाको मोठ 294 वटा सीट छ। बैठकमा उपस्थित सूत्रले भनेको छ, अन्तिम निर्णयमा पुग्नको लागि थप बातचित हुन आवश्यक छ। लेफ्ट फ्रण्ट चेयरम्यान बिमान बोसले पनि माने, सीट बाँड़फाँड़को मामिलाले अहिले लामो चर्चाको माग गर्दछ।
अर्कोतिर राज्य कंग्रेसमा पनि यस गठबन्धनलाई लिएर उत्साहको अभाव देखिँदैछ। प्रदेश कंग्रेस अध्यक्ष शुभंकर सरकारले भने, “पश्चिम बंगालकाआम कार्यकर्ताहरूको मूड यस्तो छ कि कंग्रेसले आगामी वर्ष 2026-को चुनाउ एक्लै लड़्नेछ। तथापि अन्तिम फसेला अखिल भारतीय कंग्रेस कमिटीको हाईकमानमाथि निर्भर गर्नेछ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा