जलपाईगुड़ी, 6सेप्टेम्बर (हि.स)। कृषि विपणन एवं भूमि सुधार राज्य मन्त्री बेचाराम मन्नाले शनिवार राजगञ्ज विधानसभा क्षेत्रको सरियाम कालीबाड़ी प्राथमिक विद्यालय प्रांगणमाआयोजित 'आमादेर पाड़ा,आमादेर समाधान' शिविरको निरीक्षण गरे। यस अवधि मन्त्रीसित राजगञ्जका विधायक खगेश्वर राय ,जलपाईगुड़ी जिल्ला परिषद सभाधिपति कृष्णाराय बर्मन, सदर ब्लकका बीडीओ मिहिर कर्मकार सहित अन्य स्थानीय अधिकारी पनि उपस्थित थिए।
उल्लेखनीय छ, राज्यका मुख्यमन्त्रीले 'आमादेर पाड़ा,आमादेर समाधान' परियोजनाको घोषणा गरेका छन्।यस परियोजनामा प्रत्येक बूथको लागि 10 लाख रुपियाँ आवन्टन गरिएको छ। सरकारी अधिकारीहरूले बूथ स्तरमा पुगेर मानिसहरूको समस्या सुनिरहेका छन्। यस परियोजनामा सानो सड़क, स्कूलको बुनियादी ढाँचाको विकास, पिउने पानी जस्ता विभिन्न स्थातनीय समस्याहरूको बूथ स्तरमा समाधान गरिंदैछ। यो परियोजना गत 2 अगस्तदेखि शुरू भएको थियो। अहिलेसम्ममा यस परियोजनामा 1 करोड़ 20 लाख मानिसहरूले भाग लिसकेका छन्। राज्यमन्त्री बेचाराम मन्नाले यस अवधि मानिसहरूको समस्या सुनेर यसको समाधान गर्ने आश्वासन दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा