जोरहाट (असम), 06 सेप्टेम्बर (हि.स.)। जोरहाटको चारिंगीयामा भएको भयानक सड़क दुर्घटनामा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो। जोरहाट सदर पुलिसले शनिवार बतायो, गए राती एउटा ट्रक (एएस-01जेआईसी-7527)-ले स्कुटीलाई ठक्कर दियो जसपश्चात स्कुटी सवारको घटनास्थलमै मृत्यु भयो।
सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिस टीमले शवलाई पहिला थानामा लग्यो अनि पछि पोस्टमर्टम गर्नको लागि पठाइदियो। दुर्घटनापछि ट्रक चालक घटनास्थलबाट भाग्यो। पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा