नयाँ दिल्ली, 6 सेप्टेम्बर (हि.स.)। उत्तर-पूर्वी दिल्लीको हर्ष विहार थाना अन्तर्गत प्रताप नगरमा दुईजना युवकहरूको गोली दागी हत्या गरियो। पुलिस अनुसार मृतकहरूको पहिचान सुधिर उपनाम बन्टी (35) र राधे प्रजापति (30)-को रूपमा भएको छ। यी दुई आफन्त रहेको बताइएको छ जसले क्षेत्रमा पार्किंगको काम गर्दै आएका थिए।
पीड़ित परिवार मुताविक गए शुक्रवार साँझ लगभग 7:15 बजे सुधिर र राधे घर बाहिर गल्लीमा बसेका थिए। अचानक केही युवकहरू आएर अन्धाधुन्द गोली चलाएर भागे। दुवैलाई जीटीबी अस्पतालमा लगियो जहाँ डाक्टरहरूले तिनीहरूलाई मृत घोषित गरिदिए।
उत्तर पूर्वी जिल्लाका डीसीपी आशिष मिश्राले भने, गए शुक्रवार साँझ 7:15 बजे प्रताप नगरमा फायरिंग भएको सूचना प्राप्त भयो। हर्ष विहार थानाको पुलिस टीम घटनास्थलमा पुग्यो, तर त्यसबेलासम्ममा घाइतेहरूलाई उनीहरूको परिवारले अस्पतालमा लगिसकेको थियो। क्राइम टीम र फरेन्सिक टीमले घटनास्थलबाट प्रमाण जुटाएको छ। हर्ष विहार थानामा हत्या अनि आर्म्स एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएको छ। शुरूआती जाँचमा शत्रुताको कुरा सामु आएको छ।
डीसीपीले बताए, आरोपीहरूको पहिचान गर्न र तिनीहरूलाई पक्राउ गर्नको लागि केही टीमहरू गठन गरिएको छ साथै घटनास्थल वरपरका सीसीटीभी फुटेजको जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा