सीमामा गस्ती गरिरहेका एसएसबी जवानको नदीमा झरेर मृत्यु
सीमामा गस्ती गरिरहेका एसएसबी जवानको नदीमा झरेर मृत्यु


जलपाईगुड़ी, 6 सेप्टेम्बर। सीमामा गस्ती गरिरहेका सशस्त्र सीमा बल (एसएसबी)-का एकजना जवानको चिप्लेर तीव्र प्रवाह भएको जलढाका नदीमा झरे। यो घटना नगराकाटा थाना अन्तर्गत भारत-भुटान सीमामा भएको हो। मृत जवानको नाम समरेश दास (51) हो। कुचबिहार निवासी समरेश एसएसबीको 46औं बटालियन अन्तर्गत शिवचु सी चौकीमा एएसआई पदमा पदस्थ थिए।

भनिन्छ, गए शुक्रवार समरेशले 21 जना जवानहरूको साथमा जलढाका नदीको किनारमा भुटान सीमामा गस्ती गरिरहेका थिए। यसै अवधि दुर्घटनावश खुट्टा चिप्लिएर तिनी उर्लिँदो जलढाका नदीमा पसे। घटनापछि अन्य जवानहरूलाई उनलाई खोज्न शुरू गरे। सूचना पाउनसाथ नागराकाटा थाना पुलिस, ब्लक प्रशासन अनि सिभिल डिफेन्सको टीम घटनास्थलमा पुग्यो। लगभग अढ़ाई घण्टाको खोजी कार्यपछि जवानको शव नागराकाटा बस्ती संलग्न जलढाका रेलवे पुलदेखि केही टाड़ा भेटियो।

स्थानीय मानिसहरूको सहयोगमा एसएसबी जवानहरूले नदीबाट मृत जवानको शवलाई निकालेर मालबजार सुपर स्पेशियलिटी अस्पतालमा लगे जहाँ उसलाई मृत घोषित गरियो। जलपाईगुड़ीका पुलिस अधीक्षक खंडभाले उमेश गणपतले भने, यो अत्यन्त दुःखदायी घटना हो। शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि जलपाईगुड़ी अस्पतालमा पठाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande