बीएसएफका महिला कन्स्टेबलहरू ड्राइभिङ एवं मेन्टेनेन्स प्रशिक्षणमा अब्बल
बीएसएफका महिला कन्स्टेबलहरू ड्राइभिङ एवं मेन्टेनेन्स प्रशिक्षणमा अब्बल


मालदह, 6 सेप्टेम्बर (हि.स.)। बीएसएफ दक्षिण बंगाल फ्रण्टियरका तीनजना महिला कन्स्टेबलहरूले यो साबित गरिदिए कि क्षमता तथा योग्यताको मामिलामा महिलाहरू कोही भन्दा कम छैनन्। यिनीहरूले मालदह सेक्टर अन्तर्गत आोजित 12 सप्ताहको ड्राइभिङ एवं मेन्टेनेन्स प्रशिक्षणलाई सफलतापूर्वक पूरा गरे अनि अतिम परीक्षा परिणाममा सबै पुरूष प्रशिक्षणार्थीहरूलाई पछि पार्दै प्रथम स्थान हासिल गरे।

यो चुनौतीपूर्ण प्रशिक्षण गत 9 जूनदेखि 30 अगस्त, 2025 सम्म आयोजना गरिएको थियो। यस अवधि उनीहरूलाई हल्का र भारी वाहनहरूको सचालन तथा रखरखाउको गहन अभ्यास गराइयो। आामी दिनमा यी प्रशिक्षित महिला जवानहरूले बीएसएफको वाहन बेड़ालाई सम्हाल्नेछन्।

बीएसएफ दक्षिण बंगाल फ्रण्टियरले महिला कन्स्टेबलहरूलाई प्रशिक्षित ड्राइभरको रूपमा सामेल गर्ने निर्णय लिएको छ। त्यसपछि बलको गतिशीलता र परिचालन क्षमता अझ बढ़ी मजबुत हुनेछ। यस उपलब्धिले फेरि एकपटक सिद्ध गरिदिएको छ कि नारी शक्ति हरेक चुनौतीको सामना गर्नमा पूर्ण सक्षम छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande