मुख्यमन्त्रीले पाङ ल्हाबसोल पर्वको राज्यवासीहरूलाई हार्दिक बधाई एवं शुभकामना दिए
ps tamang


गान्तोक, 06 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले पाङ ल्हाबसोल पर्वको शुभ अवसरमा राज्यवासीहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री आफ्नो सन्देशमा यो अद्वितीय पर्वले हाम्रो सांस्कृतिक र आध्यात्मिक सम्पदामा विशेष स्थान राख्छ, किनकि यो पर्व सिक्किमको संरक्षक देवताको रूपमा कञ्चनजङ्घको अभिषेकको स्मरणोत्सव रहेको बताएका छन्। उनले यो पर्व काबी लुङचोकमा मनाइने लेप्चा र भोटिया समुदायहरूबीचको ऐतिहासिक भ्रातृत्वको सम्बन्धको पनि प्रतीक रहेको बताएका छन्।

मुख्यमन्त्रीले यस पवित्र अवसरमा सिक्किमका आदरणीय संरक्षक देवतालाई सिक्किमको शान्ति, एकता र सद्भावको लागि प्रार्थना गरेका छन्। उनले हामी प्रगति र समृद्धिको मार्गमा अग्रसर बनिरहौं र राज्यका जनता खुशी, प्रशस्तता र कल्याणले सम्पन्न बनिरहुन् भनी कामना पनि गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande