पञ्जाबका बाढ़ी पीड़ितहरूले पशुधनसितै जिन्दमा लिए शरण
पञ्जाबका बाढ़ी पीड़ितहरूले पशुधनसितै जिन्दमा लिए शरण


जिन्द, 6 सेप्टेम्बर (हि.स.)। पञ्जाबमा बाढ़ी आएपछि गुरदासपुर लगायत केही जिल्लाका मानिसहरू आफ्नो पशुधनलाई लिएर जिन्द तर्फ आइरहेका छन्। जिन्दमा शनिवार दिल्ली-कटरा एक्सप्रेस वे तथा 152डीको फ्लाइओभर मुनि उनीहरूलाई आफ्नो अस्थायी ठेगाना बनाउँदै गरेको देखियो। उनीहरूको भनाइ छ, पानी घटेपछि फर्किनेछौंं।

पञ्जाबको गुरदासपुर सहित केही जिल्लाहरू बाढ़ीको चपेटमा परेका छन्। त्यहाँ कैयौं फुटसम्म पानी भरिएको छ। यस्तो स्थितिमा किसान अनि डेयरी फार्मरहरूले आफ्ना भैंसीहरूलाई लिएर जिन्द एवं अन्य जिल्लाहरूमा अस्थायी ठेगाना खोजिरहेका छन्। कतिपय परिवारहरूले आफ्नो आवश्यक सामग्री सहित ट्र्याक्टरको ट्रलीमा हाइवे फ्लाइओभर मुनि डेरा बनाएका छन्।

गुरदासपुर जिल्लाबाट 20 वटाभन्दा अधिक भैंसी लिएर जिन्द तर्फ आइरहेका सतनामले भने, बितेका चार-पाँच दिनदेखिकै उनले बाढ़ीबाट भैंसीहरूलाई निकालेर यता हिँड़ेका थिए। त्यहाँ केही पनि बचेन। सबै बर्बाद भयो। यी भैंसीहरू नै उनीसित बचेको एकमात्र सम्पत्ति हो। अहिलेघरि जिन्द जिल्लाका 20 भन्दा अधिक गाउँहरू सहित फसल पानीमा डुबेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande