गान्तोक, 06 सेप्टेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले राज्यवासीहरूलाई पाङ ल्हाबसोल पर्वको हार्दिक शुभकामना दिएका छन्।
राज्यपालले आज जारी आफ्नो सन्देशमा पाङ ल्हाबसोलको यस पुनीत पर्वमा सिक्किमका संरक्षक देवताको रूपमा प्रतिष्ठित माउण्ट कञ्चनजङ्घाप्रति श्रद्धा, सम्मान र आभार प्रकट गरेका छन्। यो पर्व हाम्रो सांस्कृतिक विरासतको प्रतीक हुनुका साथै यसले सिक्किमका लेप्चा र भोटिया समुदायबीच ऐतिहासिक भाइचारा र एकताको भावनालाई पनि उजागर गर्दछ। यो पर्वले विविधतामै हाम्रो शक्ति छ र एकजुटताले नै हाम्रो विकासको मार्ग प्रशस्त गर्दछ भन्ने कुराको स्मरण गराउॅंछ।
राज्यपालले सिक्किमवासीहरूलाई शान्ति, सामुदायिक सद्भाव र परस्पर सहयोगको भावनाले अझ परिपूर्ण गरुन् भनी संरक्षक देवतालाई प्रार्थना गरेका छन्। उनले सबैलाई मिलेर यो पर्व उल्लास र सामाजिक समरसताका साथ मनाउन आह्वान गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल