छत्तीसगढ़को राजिममा कलयुगी छोराले गऱ्यो आमाको हत्या
छत्तीसगढ़को राजिममा कलयुगी छोराले गऱ्यो आमाको हत्या


रायपुर, 06 सेप्टेम्बर (हि.स.)। छत्तीसगढ़को गरियाबन्द जिल्लामा राजिमको फिंगेश्वर थाना क्षेत्रको ग्राम जोगीडीपामा एक कलयुगी छोराले बञ्चरोले हमला गरी आफ्नै आमाको हत्या गऱ्यो। बताइन्छ कि आरोपीले घरमा माछा बनाउनु भनेको थियो तर आमाले अस्वीकार गरिन्। जसपछि आरोपीले बञ्चरोले हमला गरी आमाको हत्या गरिदियो।

पुलिसद्वारा दिइएको जानकारी अनुसार, कमलेश नन्दे (35) र उसकी आमा चन्दा नन्दे (55) बीच प्रायः जसो रोजमर्राको कुराहरूलाई लिएर भनावैरी हुनेगर्थ्यो। शनिवार बिहान घरमा माछा पकाउनलाई लिएर दुवैबीच विवाद यति बढ्यो कि रीसमा आरोपीले बञ्चरोले हमला गरी आफ्नी आमाको हत्या गऱ्यो। घटनाको सूचना पाउनसाथ फिंगेश्वर पुलिस घटनास्थलमा पुग्यो र आरोपीलाई पक्राउ गरेको छ। पुलिसले मृतकाको शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठायो।

बताइन्छ, आरोपीलाई नशाको लत थियो। दिनहुँ नशाको अवस्थामा घर आउथ्यो र यसरी नै विवाद गर्थ्यो। अहिले पुलिसले वरपरका मानिसहरूसित सोधपुछ गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande