सिलगढ़ी, 6 सेप्टेम्बर (हि.स.)। सिलगढ़ी महकुमाको खोरीबाड़ीमा भारत-नेपाला सीमावर्ती पानीट्याङ्की संलग्न गोंडोगोल जोतमा एकजना मानिसको शव गलफन्दामा झुण्डिरहेको अवस्थामा भेटियो। मृतकको नाम रञ्जीत राज हो। स्थानीय सूत्रानुसार रञ्जीत घरमा एक्लै बस्थे। पछिल्लो केही दिनदेखिको तिनी मानसिक अवसादमा थिए।
शनिवार घरमा सुनसान देखेर स्थानीय मानिसहरूलाई शंका लाग्यो अनि घरभित्र चिहाएर हेर्दा रञ्जीतलाई गलफन्दामा झुण्डिरहेको देखे। सूचना पाएर घटनास्थलमा पुगेको पानीट्याङ्की चौकीको पुलिसले शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। पुलिस मामिलाको अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा