कोलकाता, 6 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालको जेल एवं सूक्ष्ण, लघु एवं मध्यम उद्योग मन्त्री चन्द्रनाथ सिन्हाले शनिवार शिक्षक भर्ती घोटाला मामिलामा कोलकाताको विशेष प्रवर्तन निदेशालय अदालतमा आत्मसमर्पण गरे। अदालतले ईडीको हिरासतको मागलाई ठोकराउँदै मन्त्रीलाई सशर्त जमानत दियो।
बीरभूमको बोलपुरबाट तृणमूल कंग्रेस विधायक तथा मन्त्री चन्द्रनाथ सिन्हाविरूद्ध ईडीले हालैमा आरोप पत्र दर्ता गरेको थियो। राज्यपाल सीवी आनन्द बोसले यस आरोपपत्रलाई स्वीकृति दिएपछि विशेष पीएमएलए अदालतले यसलाई स्वीकार गऱ्यो। ईडीले अदालतसित मन्त्रीलाई सात दिनको हिरासतमा राख्ने माग गरेको थियो ताकि जाँचबुझ गर्न सकियोस्। तथापि अदालतले यो याचिकालाई खारेज गर्दै 10 हजार रुपियाँको निजी धरौटीमा जमानत दियो। अदालतले उनलाई कोलकाता अनि आफ्नो विधआनसभा क्षेत्र बोलपुरसम्म मात्र सीमित रहने तथा जाँचमा पूर्ण सहयोग गर्ने निर्देश दिएको छ। मामिलाको अघिल्लो सुनवाई आगामी 16 सेप्टेम्बरमा हुनेछ।
यसपूर्व ईडीले सिन्हाको बोलपुरस्थित घरमा छापा मारेर 41 लाख रुपियाँ नगद जफत गरेको थियो। मन्त्रीले ईडीको समनलाई दुई पटकसम्म अदेखा गरिसकेका थिए, तर अगस्तमा अचानक ईडी कार्यालयमा पुगेर उनले जाँचकर्ताहरूलाई चकित पारिदिएका थिए। त्यसबेला उनीसित जाँचबुझ गरिएको थियो कि थिएन त्यो स्पष्ट हुन सकेको थिएन, किनभने त्यसबेलासम्ममा आरोप पत्र दर्ता भइसकेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा