तृणमूल विधायक जीवन कृष्ण साहामाथि अब पीडीएस घोटालाको जाॅंच
तृणमूल विधायक जीवन कृष्ण साहामाथि अब पीडीएस घोटालाको जाॅंच


कोलकाता, 06 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालको स्कूल भर्ती घोटालामा पक्रा पर्ने तृणमूल कंग्रेसका विधायक जीवन कृष्ण साहामाथि फेरि अर्को ममिलाको आँच बढ़्दै गरेको देखिँदैछ। प्रवर्तन निदेशालय (ईडी)-लाई शंका लागेको छ, साहाको सम्बन्ध राज्यको सार्वजनिक वितरण प्रणाली (पीडीएस) औ चामल मिल व्यापार घोटालासित रहेको हुनसक्छ।

साहा मुर्शिदाबाद जिल्लाको बड़त्रा विधानसभा सीटबाट विधायक हुन्। उनलाई गत 25 अगस्तमा स्कूल भर्ती मामिलामा पक्राउ गरिएको थियो। हाल तिनी न्यायिक हिरासतमा छन् ईडी अधिकारीहरूले तिनको ब्यांक डिटेल्स, सम्पत्ति र सहयोगीहरूसित जोड़िएको दस्तावेज जाँच गर्दा थाहा पाए, साहाको पीडीएस वितरण र चामल मिल व्यवसायससित पनि गहिरो सम्बन्ध छ।

अधिकारीहरू अनुसार जाँच दुई पक्षमाथि केन्द्रित छ। पहिलो, के स्कूल भर्ती घोटालाबाट कमाएको धनराशिलाई साहाले आफ्नो व्यवसायमा खर्च गरे? के उनी समानन्तर रूपमा पीडीएस वितरणको गड़बड़ीमा पनि सामेल थिए? तथापि हाल यो जाँच अनौपचारिक स्तरमा छ र ठोस प्रमाण पाएपछि यसलाई औपचारिक रूपमा दिइनेछ।

जाँचबुझमा साहाले दाबी गरे, पीडीएस वितरण, चामल मिल तथा कोल्ड स्टोरेजको कारबार उनको परिवारको हो यसमा उनको हिस्सा केवल विरासतको रूपमा छ। तर ईडीले उनको खाताबाट कैयौं नक्कली लेनदेन भएको पाएको छ जसको श्रोत बताउन विधायक असफल भए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande