फरीदाबादमा एसीको कम्प्रेसर पड्कियो, धुआँले पति, पत्नी, छोरीको सास निसासियो, छोराले झ्याँलबाट हाम फालेर बचायो ज्यान
फरीदाबाद


फरीदाबाद, 08 सेप्टेम्बर (हि.स.)। फरीदाबाद शहरको ग्रीन फील्ड कोलोनीमा आइतवार अबेर राति लगभग 3 बजी एक चार तले घरमा एसीको कम्प्रेसर पड्किँदा ठूलो दुर्घटना घट्यो। यसबाट पहिलो तलामा आगो लाग्यो। यसको धुआँ दोस्रो तलामा भरियो। यसले गर्दा पति-पत्नी, छोरीको सास निसासियो, जबकि छोराले झ्याँलबाट हाम फालेर ज्यान बचायो।

पुलिस प्रवक्ता यशपाल अनुसार, यस दुर्घटनामा दोस्रो तलामा भाड़ामा बस्ने सचिन कपूर (50), उनकी पत्नी रिंकू कपूर (48) र छोरी सुजान (13) को मृत्यु भयो। छोरा आर्यन (24) ले घरको झ्याँलबाट हाम फालेर आफ्नो ज्यान बचायो। यस घरको पहिलो तलामा घर मालिक बस्छन्।

पुलिस अनुसार, आर्यनको हात-खुट्टामा चोट लागेको छ। छिमेकीहरूले उसलाई तुरन्तै अस्पतालमा भर्ती गराए। आगो लागेको सूचना चौथो तलामा बस्ने परिवारले पुलिस र फायर ब्रिगेडलाई दिएको थियो।

सचिन कपूर गत पाँच वर्षदेखि ग्रीनफील्ड कोलोनीको घर संख्या 787 डी ब्लकमा भाड़ामा परिवारको साथ बसिरहेका थिए। उनले घरबाटै स्टक ट्रेडर्सको काम गर्थे। उनले तेस्रो तलामा अफिस बनाएका थिए। सुजान शिव नादर स्कूल सेक्टर 82 मा पढ्थिन्। आर्य़न देहरादूनमा पढ़्थ्यो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande