भारतलाई अग्रणी नवाचार अर्थव्यवस्था बनाउने संकल्प लिऔं- राष्ट्रपति
राष्ट्र


नयाँ दिल्ली, 08 सेप्टेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मूले इन्जीनियरिङ निर्यात संवर्धन परिषद (ईईपीसी) इण्डियाका सबै हितधारकले देशमा उपलब्ध प्रतिभा र ऊर्जाको निम्ति एक सक्षम पारिस्थितिकी तन्त्र प्रदान गरी भारतलाई एक अग्रणी नवाचार अर्थव्यवस्था बनाउने संकल्प लिनुपर्ने बताएकी छन्।

राष्ट्रपति मुर्मूले यहाँ आयोजित ईईपीसी इण्डियाको प्लेटिनम जुबली समारोहलाई सम्बोधित गर्दै भनिन्, भारतले प्राचीनकालमा आध्यात्म र व्यापार दुवै क्षेत्रमा विश्वको नेतृत्व गर्थ्यो। भारतलाई एक पल्ट फेरि ज्ञान र व्यापारको अग्रणी केन्द्र बनाउनु सबै नागरिकहरूको संकल्प हुनुपर्छ। उनले आर्थिक क्षेत्रमा एक महत्वपूर्ण हितधारक भएको नाताले ईईपीसीसित यस संकल्पलाई पूरा दृढ़ताले अगाड़ी बढ़ाउने आग्रह गरिन्। उनले खुशी व्यक्त गरिन् कि गत 10 वर्षमा भारतको इन्जीनियरिङ निर्यात 70 अरब डलरदेखि बढ़ेर 115 अरब डलरभन्दा अधिक भएको छ।

उनले भनिन्, पछिल्लो दशकमा अन्तरराष्ट्रिय व्यापारमा चुनौतीहरू भएपनि यो उपलब्धी उल्लेखनीय हो। राष्ट्रपतिले यस उपलब्धीमा योगदानका लागि ईईपीसीको सराहना गरिन्। उनले भनिन्, ईईपीसीले अन्तरराष्ट्रिय बजार र भारतीय उत्पादहरूबीच सेतुको काम गर्दछ। विश्व व्यापार व्यवस्था र अन्तरराष्ट्रिय आर्थिक ढांचामा भइरहेको बदलावहरूबीच यसको भूमिका अझ् पनि महत्वपूर्ण भएको छ।

उनले भनिन्, वैश्विक व्यापारका चुनौतीहरूलाई भारतले अवसरमा परिणत गर्नुपर्नेछ। सात दशकमा भारतको इन्जीनियरिङ निर्यात गन्तव्य धेरै बदलेको छ र ईईपीसीले यस परिवर्तनशील प्रक्रियालाई अझ् अगाड़ी बढ़ाउनुपर्छ। उच्च गुणवात्ताको इन्जीनियरिङ उत्पाद र सेवाहरू कम लागतमा उपलब्ध गराउनु भारतको सबैभन्दा ठूलो शक्ति हो। आज विश्वका प्रमुख कम्पनीहरूको ग्लोबल केपेबिलिटी सेन्टर्स भारतमा छ। यस्तो स्थितिमा हितधारकहरूले उपयुक्त प्रोत्साहन र पारिस्थितिकी तन्त्र दिएर भारतलाई ग्लोबल इनोवेशन सेन्टर बनाउने दिशामा अगाड़ी बढ्नुपर्छ। उनले जोड दिएर भनिन्, इनोवेशन इकोनोमी नै सबैभन्दा प्रतिस्पर्धी र समृद्ध अर्थव्यवस्था हुन्छ र यही मार्गमा भारतलाई अग्रसर गर्नु सबै हितधारकहरूको कर्तव्य हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande