हरिद्वार, 08 सेप्टेम्बर (हि.स.)। तीव्र वर्षाको कारण सोमवार बिहान भीम गोडा काली मन्दिर निकट रेलवे ट्रेकमा मनसा देवी पहाड़बाट अचानक ठूलो पैह्रो जाँदा रेल यातायात अवरूद्ध भएको छ। रेल ट्र्याक बाधित हुँदा ट्रेनलाई निरस्त गरिएको छ।
हरिद्वार रेलवे स्टेशन अधीक्षक दिनेश कुमारले बताए, सोमवार बिहान माटो र चट्टान झर्दा भीमगोड़ा रेलव सुरंग निकट रेलवे ट्र्याक पूर्ण रूपमा बन्द भयो। ट्र्याकमा अवरोध आएको कारण धेरै ट्रेनहरूलाई स्थगित गर्नुपरेको छ तथा धेरैलाई ज्वालापुर स्टेशनमा टर्मिनेट गर्नुपऱ्यो। यसमा ऋषिकेश-कोच्चिवली एक्सप्रेस, हावड़ा- ऋषिकेश एक्सप्रेस, अमृतसर- देहरादून एक्सप्रेस तथा ऋषिकेश-हरिद्वार पेसेन्जर सहित धेरै गाड़ीहरू सामेल छन्। उनले बताए, पैह्रो गएको कारण देहरादून–हरिद्वार र ऋषिकेश रेल मार्गमा ट्रेनहरूको आवागमन प्रभावित भएको छ। रेलवे विभागको टीम ढुंगा-माटो हटाउनमा जुटेको छ।
काली मन्दिर निकट गएको यस पैह्रोले आंशिक रूपमा मन्दिरलाई पनि आफ्नो चपेटमा लियो र मन्दिरको बाहिर बनेको शिवजीको सानो स्थान क्षतिग्रस्त भयो, तर गुफा भएको मन्दिरलाई कुनै नोकसान भएन। यस ठाउँ यसअघि पनि धेरै पल्ट पैह्रोले रेल यातायात बाधित भइसकेको छ। पूर्वका घटनाहरूलाई मध्यनजर गरेर यस ठाउँ रेलवेले फलामको जाली लगाएको छ, जस कारण पैह्रो सड़कमा आएन।
हिन्दुस्थान समाचार / भवानी थामी