नयाँ दिल्ली, 08 सेप्टेम्बर (हि.स.)। केन्द्रिय स्वास्थ्य मन्त्री जेपी नड्डाले विश्व फिजियोथेरेपी दिवसको अवसरमा सबै आयु वर्गका व्यक्तिहरूको गतिशीलतामा सुधार र उनीहरूको जीवनको राम्रो गुणवत्ता सुनिश्चित गर्नमा फिजियोथेरेपोको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।
सोमवार एक्समा आफ्नो सन्देशमा उनले भने, यस वर्षको विषय स्वस्थ वृद्धावस्था- लड्दा औं दुर्बलतामा फिजियोथेरेपीको भूमिका, वृद्धहरूमा लड्नदेखि बचाउ र दुर्बलताको प्रबन्धनमा यसको महत्वमाथि प्रकास पार्दछ, जसबाट सक्रिय र सम्मानजक वृद्धावस्थातिर उनीहरूको यात्राले समर्थन पाउँदछ। उनले मानिसहरूको आह्वान गर्दै भने, देशमा स्वस्थ वृद्धावस्था पहलको एक अभिन्न अंगको रूपमा भिजियोथेरोपीलाई प्रोत्साहन दिइरहौं।
उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको गतिशील नेतृत्वमा सरकारले वृद्धजनहरूका लाभको निम्ति आयुष्मान आयोग्य मन्दिरहरू र सरकारी अस्पतालहरूमा धेरै योजनाहरू उपलब्ध गराएका छन्। मानिसहरूले यी स्वास्थ्य सेवाहरूको लाभ उठाउनुपर्छ।
उल्लेख्य, विश्व फिजियोथेरेपी दिवस 08 सेप्टेम्बरमा मनाइन्छ ताकि फिजियोथेरेपिस्टहरूको योगदानलाई मान्यता दिन सकियोस्, फिजियोथेरेपीबारे जागरूकता बढ़ाउन सकियोस् र मानिसहरूलाई सक्रिय र स्वतन्त्र जीवन जिउनमा मद्दत गर्नमा यस पेशाको महत्वलाई उजागर गर्नसकियोस्। यो दिन विश्व फिजियोथेरेपीको स्थापनाको उपलक्ष्यमा मनाइन्छ, जुन 1951 मा भएको थियो र यो वैश्विक फिजियोथेरेपी समुदायको एकताको पनि प्रतीक हो।
यस वर्ष विश्व फिजियोथेरेपी दिवसको थीम स्वस्थ बढ्दो आयु हो, जसमा कमजोरी र लड्नदेखि बचाउमाथि विशेष ध्यान दिइएको छ। यो थीम बढ्दो उमेरलाई प्रोत्साहित गर्नका लागि व्यायाम र भौतिक चिकित्साको महत्वमाथि जोड दिँदछ, जसमा बुजुर्ग व्यक्तिहरूमा कमजोरीलाई कम गर्ने र लड्नदेखि रोक्नमाथि ध्यान केन्द्रित गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी