स्वस्थ नारी, सशक्त परिवार अभियानको प्रधानमन्त्रीले 17 सेप्टेम्बरमा शुभारम्भ गर्ने
स्वास्थ्य मन्त्री


नयाँ दिल्ली, 08 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले 17 सेप्टेम्बरमा स्वस्थ नानी, सशक्त परिवार अभियानको शुभारम्भ गर्नेछन्। 17 सेप्टेम्बरमा प्रधानमन्त्री मोदीको जन्मदिन पनि हो।

केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री जेपी नड्डाले सोमवार एक्स पोस्टमा बताए, यस अभियान अन्तर्गत देशभरिमा 75,000 स्वास्थ्य शिविर आयुष्मान आरोग्य मन्दिरहरू, सामुदायिक स्वास्थ्य केन्द्रहरू तथा अन्य स्वास्थ्य संस्थानहरूमा आयोजित गरिनेछ। यी शिविरहरूमा महिलाहरू र नानीहरूको विशेष स्वास्थ्य आवश्यकताहरूलाई ध्यानमा राखेर सेवाहरू उपलब्ध गराइनेछ, जसले सरकारको समावेशी स्वास्थ्य सेवाको सपनालाई साकार गर्नेछ। यस बाहेक सबै आंगनबाड़ीहरूमा ‘पोषण माह’ मनाइनेछ, जसको उद्देश्य पोषण, स्वास्थ्य जागरूकता र समग्र कल्याणलाई प्रोत्साहन दिनु हो। यी प्रयासहरूले स्वस्थ परिवार र सशस्त समुदाय निर्माणको दिशामा महत्वपूर्ण कदम उठाइनेछ। यस अभियानको उद्देश्य महिलाहरू र नानीहरूका लागि स्वास्थ्य सेवाहरूलाई सशक्त गरी उनीहरूको राम्रो पहुँच, गुणवत्तापूर्ण देखरेख र जागरूकता सुनिश्चित गर्नु हो।

स्वास्थ्य मन्त्री जेपी नड्डाले सबै निजी अस्पातलहरू र स्वास्थ्य क्षेत्रसित जोड़िएका साझेदारहरूसित अघि आउने र यस जनभागीदारी अभियानको अभिन्न हिस्सा बन्ने आग्रह गरे। ‘इण्डिया फर्स्ट’ को भावनाले प्रेरित भएर हामी सबैले मिलेर विकसित भारतको निर्माणको निम्ति आफ्नो सामूहिक प्रयासहरूलाई अझ् सशक्त बनाऔं, उनले भने।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande