कुलगाम, 08 सेप्टेम्बर (हि.स.)। दक्षिण कश्मीरको कुलगाम जिल्लाको गुड्डार क्षेत्रमा सोमवार भएको भिड़न्तमा एत आतङ्की मारियो, जबकि एक जूनियर कमीशन्ड अधिकारी समेत तीन सैन्यकर्मी घाइते भए।
एक शीर्ष पुलिस अधिकारीले बताए, क्षेत्रमा केही आतङ्कीहरूको उपस्थितिको गोप्य जानकारी पाइएपछि गुड्डार क्षेत्रमा पुलिस, सेना र सीआरपीएफको संयुक्त टीम र आतङ्कीहरूबीच भिड़न्त शुरू भएको थियो। भिड़न्तमा मारिएको आतङ्कीको पहिचान हुनसकेको छैन जबकि घाइते भएका एक जेसीओ समेत तीन सैन्यकर्मीहरूमध्ये एकको अवस्था गम्भीर छ। समाचार लेखिञ्जेलसम्म अभियान जारी थियो।
भारतीय सेनाको चिनार कोरले एक बयानमा भन्यो, जम्मू-कश्मीर पुलिसबाट प्राप्त विशिष्ट गोप्य जानकारीको आधारमा भारतीय सेना, जम्मू-कश्मीर पुलिस र सीआरपीएफ श्रीनगरले कुलगामको गुड्डर जंगलमा संयुक्त तलाशी अभियान गऱ्यो। सतर्क जवानहरूले संदिग्ध गतिविधिहरू देखे र चुनौती दिँदा आतङ्कीहरूले गोलीबारी शुरू गरे, जसपछि भीषण गोलीबारी भयो, जसमा एक आतङ्की मारियो र एक जूनियर कमीशन अधिकारी घाइते भए।
हिन्दुस्थान समाचार / भवानी थामी