देहरादून, 08 सेप्टेम्बर (हि.स.)। उत्तराखण्डमा प्राकृतिक आपदाहरूले भएको क्षतिको आंकलन गर्न एक अन्तर मन्त्रालयको केन्द्रिय टीम आपदा प्रभावित क्षेत्रहरूतिर सोमवार प्रस्थान भयो। यो टीमले उत्तरकाशी, रुद्रप्रयाग, चमोली, पौड़ी, बागेश्वर र नैनीतालको भ्रमण गरी आफ्नो रिपोर्ट तयार पार्नेछ।
केन्द्रिय गृह मन्त्रालयका संयुक्त सचिव आर प्रसनाको नेतृत्वमा छह सदस्यीय टीममा अनु सचिव शेर बहादुर, अधीक्षण अभियन्ता सुधीर कुमार, उप निदेशक विकास सचान, मुख्य अभियन्ता पंकज सिंह र निदेशक डा. वीरेन्द्र सिंह सामेल छन्। अन्तर मन्त्रालय केन्द्रिय टीम विभिन्न जिल्लाहरूमा आपदाबाट भएको क्षतिको आंकलन र जायजा लिन देहरादूनबाट प्रस्थान भएको छ। यसअघि बिहान राज्य आपातकालीन परिचालन केन्द्रमा आपदा प्रबन्धन एवं पुनर्वास विभागका सचिव विनोद कुमार सुमनले एक बैठकमा टीमलाई आपदाबाट भएको क्षतिबारे एक प्रस्तुति दिए।
सचिव सुमनले टीमलाई बताए, यस वर्ष अहिलेसम्म 574 मिमी पानी परेको छ, जुन गत केही वर्षमा सर्वाधिक हो। वर्षा अधिक भएको कारण नोकसान पनि धेरै भएको छ। मनसूनमा भएको क्षतिको प्रतिपूर्ति र भविष्यमा अवस्थापना संरचनाहरूलाई सम्भावित नोकसानदेखि बचाउन केन्द्र सरकारबाट 5702.15 करोड़ रूपियाँको विशेष सहायता दिने अनुरोध गरिएको छ। यस सम्बन्धमा रिपोर्ट पनि पठाइएको छ।
उनले बताए, क्षतिग्रस्त परिसम्पत्तिहरूको पुनर्निर्माण र पुनर्प्राप्तिमा 1944.15 करोड़का साथै परिसम्पत्तिहरूलाई बचाउने र यस्ता अनेक परिसम्पत्तिहरू, मार्ग, जनसंख्या भएका क्षेत्र तथा अन्य अवस्थापना संरचानाहरू जुन आपदाले क्षतिग्रस्त हुने संघारमा छन्, त्यसलाई स्थिर बनाउन 3758.00 करोड़को सहायताको अनुरोध गरिएको छ। साथै उनले भने, आपदाको कारण जसको आजीविका प्रभावित भएको छ, त्यसको निम्ति पनि केन्द्र सरकारलाई प्रस्ताव पठाइनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी