नेपालमा हिंसक प्रदर्शनहरूमा भएको मृत्युमा भारतले शोक व्यक्त गऱ्यो, शान्तिलाई लिएर आशान्वित
नेपालमा हिंसक प्रदर्शनहरूमा भएको मृत्युमा भारतले शोक व्यक्त गऱ्यो, शान्तिलाई लिएर आशान्वित


नयाँ दिल्ली, 09 सेप्टेम्बर (हि.स.)। भारतले नेपालमा जारी विरोध प्रदर्शनहरूमा भएको मृत्युहरूमा शोक व्यक्त गरेको छ र सबै पक्ष हरेक मुद्दाको शान्तिपूर्ण तरीकाले बातचितको माध्यमले समाधान निकाल्नेछन् भनी आशा व्यक्त गरेको छ। साथै भारतीय नागरिकहरूलाई स्थानीय प्रशासनद्वारा जारी निर्देशहरूको पालन गर्ने सुझाउ दिइएको छ।

भारतले विरोध प्रदर्शनमा युवाहरूको मृत्युमा शोक व्यक्त गर्दै प्रभावित परिवारहरूप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरू शीघ्र स्वस्थ हुने कामना गरेको छ। विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गरी मंगलवार आफ्नो प्रतिक्रिया दियो।

उल्लेख्य, सोमवार भ्रष्टाचार र सोशल मीडियामा प्रतिबन्धहरू विरूद्ध युवाहरूले नेपालका धेरै शहरहरूमा सरकार विरूद्ध प्रदर्शन गरे, जसले पछि हिंसक रूप लियो। यसले गर्दा धेरै जनाको मृत्यु र अन्य धेरै घाइते भए।

भारतले भन्यो, एक करीबी मित्र र छिमेकी भएको नाताले हामी आशा गर्छौं कि सबै पक्षले संयम बनाएर राख्नेछन् र शान्तिपूर्ण तरीकाले बातचीतको माध्यमले कुनैपनि मुद्दाको समाधान निकाल्नेछन्। मन्त्रालयले नेपालको काठमाण्डौं र अन्य शहरहरूमा लगाइएको कर्फ्यूको पनि संज्ञान लिएको छ र भारतीय नागरिकहरूलाई सावधानी अपनाउने तथा प्रशासनद्वारा बताइएको दिशा-निर्देशहरूको पालन गर्ने सुझाउ दिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande