लखनऊ, 09 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको राजधानी लखनऊको मड़ियाव थाना क्षेत्रमा मंगलवार एक वृद्धको गोली दागेर हत्या गरियो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिस घटनाको जाँचमा जुटेको छ।
मड़ियाव थाना प्रभारी शिवानन्द मिश्राले बताए, दिलकश विहार कोलोनी निवासी अरूण कुमार मिश्रा (68) को गोली दागेर हत्या गरियो। परिजनहरूको सूचनामा पुलिस टीम घटनास्थलमा पुग्यो। छानबीनमा थाहा लाग्यो कि घरमा काम गर्ने नोकरानी बीकेटी निवासी रामादेवीको पति मनोज पाण्डेले गोली दागेर वृद्धको हत्या गरेको हो। पुलिसले फील्ड यूनिटको साथ घटनास्थलको जाँच गरी शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठाएको छ। मृतकका परिजनहरूको तर्फबाट प्राप्त शिकायतको आधारमा केस दर्ता गरी आरोपीलाई पक्राउ गर्न टीम खटाइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी