गान्तोक, 09 सेप्टेम्बर (हि.स.)। विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको प्रान्तीय समिति विद्या भारती सिक्किमको एक बैठक आज सोरेङ जिल्लाको कार्थोकमा आयोजन गरियो। संस्थाका प्रमुख सल्लाहकार हरिशंकर शर्माको निजी निवासमा बसेको बैठकमा स्थानीय मानिसहरूको उपस्थिति थियो। बैठकमा विद्या भारती सिक्किमका संयोजक मोहन शर्मा विशेष रूपमा उपस्थित थिए।
दीप प्रज्जवलन, स्वागत, परिचयका साथै शुरू भएको बैठकमा आगामी नवरात्रको उपलक्ष्यमा स्थानीय सिद्द देवी धाममा पहिलोपल्ट धुमधामले नवरात्र पूजा एवं शोभायात्रा आयोजन गर्ने निर्णय लिइयो। बैठकमा संयोजक शर्माले विद्या भारतीको संक्षिप्त परिचय, उद्देश्य, संस्कारयुक्त शिक्षा, मूल्यबोध, भारतीय ज्ञान विज्ञान, भारत केन्द्रित शिक्षा, गुणात्मक शिक्षामाथि प्रकाश पारे।
उनले सरस्वती शिक्षा केन्द्र, यसको आवश्यकता, कार्य पद्धतिको बारेमा पनि जानकारी गराए। चर्चाको क्रममा कार्थोक बस्तीमा पनि एउटा सरस्वती संस्कार केन्द्र शुरू गर्ने इच्छा उपस्थित मानिसहरूले गरे। यस विषयलाई ध्यानमा राख्दै आगाती दिवालीपछि उक्त गाउॅंमा सरस्वती संस्कार केन्द्र शुरू गर्ने निर्णरू लिइयो। केन्द्रको संचालनको लागि समिति पनि गठन गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल