उप राष्ट्रपति चुनाउको निम्ति मतदान शुरू, प्रधानमन्त्री मोदीले हाले पहिलो भोट
उप राष्ट्रपति चुनाउको निम्ति मतदान शुरू, प्रधानमन्त्री मोदीले हाले पहिलो भोट


नयाँ दिल्ली, 09 सेप्टेम्बर (हि.स.)। भारतका 17औं उप राष्ट्रपतिको चयनको निम्ति मतदानको प्रक्रिया मंगलवार बिहान 10 बजी शुरू भयो। यस चुनाउको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद भवनमा पुगेर सबैभन्दा पहिलो भोट हाले। मतहरूको गणना आज साझँ हुनेछ। यस चुनाउमा एनडीएका सीपी राधाकृष्णन र विपक्षी गठबन्धनका साझा उम्मेदवार बी सुदर्शन रेड्डीबीच भिड़न्त छ।

उप राष्ट्रपति चुनाउको निम्ति मतदान शुरू भएको छ। मतदान प्रक्रिया नयाँ संसद भवनमा बिहान 10 बजीदेखि शुरू भएर साझँ 5 बजीसम्म चल्नेछ, यसमा लोकसभा र राज्यसभाका सदस्यले मतदान गर्नेछन्। प्रधानमन्त्री मोदीले सबैभन्दा पहिलो मतदान गरे। उनी आज बाढ़ी प्रभावित पञ्जाब र हिमाचलको दौड़ाहमा पनि जानेछन्।

यो चुनावी भिड़न्त एनडीएको तर्फबाट सीपी राधाकृष्णन र विपक्षी गठबन्धनका साझा उम्मेदवार बी सुदर्शन रेड्डीबीच छ। चुनावी प्रक्रिया शुरू हुन केही घण्टा अगाड़ी एनडीए उम्मेदवार राधाकृष्णनले लोधी रोड स्थित श्रीरा मन्दिरमा पूजा अर्चना गरे।

देशका तीन राजनीतिक दल उप राष्ट्रपति पदको निम्ति भइरहेको चुनाउदेखि टाढ़ा छन्। यसमा ओडिशाबाट नवीन पटनायकको पार्टी बीजेडी, पञ्जाबको शिरोमणि अकाली दल र तेलंगानाबाट चन्द्रशेखर रावको पार्टी बीआरएस सामेल छन्। जबकि एआईएमआईएम र आम आदमी पार्टीले विपक्षी गठबन्धनका उम्मेदवारलाई समर्थन दिएका छन्। वाईएसआरसीपीले एनडीए उम्मेदवारलाई समर्थन दिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande