
नयाँ दिल्ली, 01 जनवरी (हि.स.)। सन् २०२६ को आगमनको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले समुद्र यात्रामा रहेका परम्परागत नौकायन पोत आईएनएसवी कौण्डिन्यका चालक दललाई नयाँ वर्षको शुभकामना दिएका छन्। प्रधानमन्त्रीले दलको उत्साह, समर्पण तथा राष्ट्रप्रतिको सेवाभावको प्रशंसा गरेका छन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा साझा गरेको सन्देशमा आईएनएसभी कौण्डिन्यका दलतर्फबाट पठाइएको तस्वीर देखेर आफूलाई खुशी लागेको उल्लेख गरेका छन्। उनले खुला समुद्रमा रहँदा पनि दलमा देखिएको जोश र सकारात्मक ऊर्जालाई प्रेरणादायी बताएका छन्। प्रधानमन्त्रीले नयाँ वर्षको अवसरमा दलको यात्रा सुरक्षित, सुखद तथा सफल होस् भन्ने कामना गरेका छन्।
आईएनएसभी कौण्डिन्य एक परम्परागत नौकायन पोत हो, जुन प्राचीन भारतीय जहाजहरूको संरचनाबाट प्रेरित भएर निर्माण गरिएको हो। यो पोत भारतको समृद्ध समुद्री विरासत, ऐतिहासिक व्यापार मार्गहरू तथा सभ्यतागत समुद्री सम्पर्कहरूको प्रतीकका रूपमा लिइन्छ।
यस पोतका यात्राहरूको उद्देश्य नौवहन प्रशिक्षणसँगै भारतका प्राचीन समुद्री परम्परा र सांस्कृतिक सम्बन्धहरूलाई उजागर गर्नु हो। नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीको यो सन्देश देशबाट टाडा समुद्रमा तैनाथ कर्मीहरूका लागि उत्साहवर्धक रूपमा हेरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी