आतिशी मार्लेनाको सन्दर्भमा भाजपाले आआपसित प्रश्न गऱ्यो
आतिशी मार्लेनाको सन्दर्भमा भाजपाले आआपसित प्रश्न गऱ्यो


नयाँ दिल्ली, 18 जनवरी (हि.स.)। दिल्ली भाजपाका महामन्त्री एवं सांसद योगेन्द्र चँदोलियाले आइतवार दिल्ली विधानसभामा नेता प्रतिपक्ष आतिशी मार्लेनालाई लिएर आम आदमी पार्टी (आआप)-सित प्रश्न गरेका छन्।

योगेन्द्र चँदोलियाले प्रदेश भाजपा प्रवक्ता प्रवीण शंकर कपूरसित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रश्न गरे, आतिशी मार्लेनाले सिखहरूका गुरू साहिबानप्रति अभद्रता गरेकी छैनन् भने उनलाई गत 6 जनवरीको साँझदेखि दिल्लीवासी तथा मीडियादेखि किन टाड़ा राखिरहेका छन्? उनले भने, गत 7 जनवरीको दिन विधानसभामा आआपा विधायकहरूले विधानसभा अध्यक्ष विजेन्द्र गुप्तासित मन्त्री कपिल मिश्राद्वारा एक्समा पोस्ट गरिएको भीडियोमाथि आपत्ति जनाउँदै त्यसको जाँच गर्ने माग गरे। विधानसभा अध्यक्षले उनीहरूको मागलाई स्वीकार गर्दै भीडियोलाई जाँचको निम्ति पठाइदिए। यस अवधि उक्त भीडियोमाथि पञ्जाबमा दिल्लीका क्याबिनेट मन्त्रीविरूद्ध एफआईर दर्ता गरी एकै दिनमा भीडियोको जाँच रिपोर्ट कसरी दियो।

दिल्ली भाजपा सांसदले आआपा नेतृत्वसित प्रश्न गरे, दिल्ली विधानसभामा भएको घटनामाथि उनीहरूलाई आपत्ति जनाउनु नै थियो भने त्यसको एफआईआर दिल्लीमा किन दर्ता गरिएन?

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande