
खरसाङ, 18 जनवरी (हि.स.)। छुट्टै राज्य गोर्खाल्याण्ड र गोर्खाहरुको स्थायी राजनैतिक समाधान एवं संवैधानिक व्यवस्था विषयमा खरसाङमा गोर्खा जनमुक्ति मोर्चाले आज संगोष्ठी आयोजन गर्य। उक्त संगोष्ठीमा गोजमुमो केन्द्रिय अध्यक्ष बिमल गुरुङ विशेष उपस्थित रहेका थिए। यसैगरी, संगोष्ठीमा असम लगायत विभिन्न स्थानहरुबाट आएका बुद्धिजीवी वक्ताहरुले वक्तव्य राखेका थिए। यस क्रममा असमबाट आएका उत्तम प्रधान लगायत डा बिनु सुन्दास, डा पल्लव भुजेल, डा दिपेन घिमिरे, डा अरुण घतानी, गोर्खा जनमुक्ति मोर्चाको तर्फबाट महासचिव रोशन गिरी, ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको तर्फबाट पूर्व आईपीएस नर्बु छिरिङ भोटिया आदिले वक्तव्य राखे।
खरसाङको पार्क लोकेशनस्थित संगोष्ठीमा वक्ताहरुले पहाडमा संवैधानिक व्यवस्था कुन सठीक रहने भन्ने विषय साथै छुट्टै राज्य गोर्खाल्याण्ड, जनजातिको मुद्दा, इन्टरलोक्युटर लगायतका विषयहरुमा चर्चा परिचर्चा गरेका थिए। सरकारले संवैधानिक व्यवस्था दिन तयार रहेको र यसको लागि कुन सठीक रहन्छ र कुन संवैधानिक व्यवस्थालाई स्वीकार गर्नु पर्ने भन्ने विषयमा पनि चर्चा परिचर्चा गरिएको थियो।
संगोष्ठीलाई गोजमुमो केन्द्रिय अध्यक्ष बिमल गुरुङले पनि सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार / हनोक