कोकराझारमा अमृत भारत स्लीपर एक्सप्रेसलाई भव्य स्वागत
कोकराझारमा अमृत भारत स्लीपर एक्सप्रेसलाई भव्य स्वागत


कोकराझार (असम), 18 जनवरी (हि.स.)। कोकराझार रेलवे स्टेशनमा आज अमृत भारत स्लीपर एक्सप्रेसलाई मानिसहरूले उत्साहपूर्वक स्वागत गरे। यो नयाँ ट्रेन कामाख्या र रोहतकबीच संचालन हुनेछ।

स्वागत कार्यक्रममा लोकसभा सांसद जयन्त बसुमतारी, राज्यसभा सांसद रंगौवरा नार्ज़ारी, विधायक लरेन्स इस्लारी तथा अलिपुरद्वार रेलवे मण्डलका एडीआरएम ए. कामा उपस्थित थिए।

मीडियासित बातचित गर्दै कोकाराझारका मानिसहरू सहित सांसदहरूले कोकराझार रेलवे स्टेशनमा रोकिनको साथै अ्मृत भारत स्लीपर एक्सप्रेस शुरू गर्ने जस्ता महत्वपूर्ण कदमहरूको लागि प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरे।

लोकसभा सांसद जयन्त बसुमतारीले कोकराझार रेलवे स्टेशनमा अन्य एक्सप्रेस ट्रेनहरूलाई रोकाउने माग पनि गरे। उनले भने, कोकराझार बोडोल्याण्ड टेरिटोरियल कउन्सिलको राजधानी हो र यहाँ केही महत्वपूर्ण संस्थान तथा अस्पतालहरू छन्। त्यसैले विभिन्न क्षेत्रहरूबाट ठूलो संख्यामा मानिसहरू नियमित रूपमा कोकराझार आउने-जाने गर्दछन्।

जनहित औ यात्रीहरूको सुविधालाई ध्यानमा राखेर उनले भविष्यमा कोकराझार रेलवे स्टेशनमा अन्य ट्रेनहरूलाई पनि रोक्ने व्यवस्था गरिदिने आग्रह रेलवे प्रशासनसित गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande