
गुवाहाटी, 18 जनवरी (हि.स.)। रायजर दलका नेता अखिल गोगोईले आइतवार कंग्रेस सांसद गौरव गोगोईलाई खुल्ला राजनीतिक चुनौती दिँदै भने, दिल्ली र दिसपुरमा बसेर बयानबाजी गर्नाले केही हासिल हुनेवाला छैन। उनले गौरव गोगोईसित धुबड़ीको बिरसिंग जरुवा विधानसभा क्षेत्रबाट चुनाउ लड़ेर आफ्नो राजनीतिक शक्ति देखाउने अपील गरे।
अखिल गोगोईले आज सम्वाददाताहरूसित बातचित गर्दै भने, धरातलीय राजनीतिमा उत्रेर नै असली नेतृत्व साबित हुनेछ। उनले भने, जनताबीच गएर चुनाउ लड़्ने साहस देखाउनु नै कुनै नेताको वास्तविक पहिचान हो।
रायजर दलका नेताले यो पनि घोषणा गरे, यदि कंग्रेसले 23 वटा अल्पसंख्यक बहुल विधानसभा सीटमा आफ्नो उम्मेद्वारलाई उतार्छ भने उनको पार्टीले ती सीटहरूमा “मैत्रीपूर्ण प्रतिद्वन्द्विता” गर्नेछ। उनले भने, यी क्षेत्रहरूमा लोकतान्त्रिक प्रतिस्पर्धा तथा उचित प्रतिनिधित्व सुनिश्चित गर्नु नै रायजर दलको उद्देश्य हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा