बेलडांगाको अवस्था शान्त, रेल सेवा अहिले पनि ठप्प
बेलडांगाको अवस्था शान्त, रेल सेवा अहिले पनि ठप्प


मुर्शिदाबाद, 18 जनवरी (हि. स.)। लगातार दुई दिनको अशान्ति पश्चात बेलडांगामा आइतवार बिहानदेखिको स्थिति तनाउपूर्ण भए पनि नियन्त्रणमा छ। हाल कुनै नयाँ हिंसा भएको सूचना छैन। तथापि सियालदह–लालगोला रेल शाखामा अहिले पनि ट्रेन सेवा पूर्ण रूपले बहाल हुन सकेको छैन जसबाट नित्य यात्री अनि व्यापारीहरूलाई विविध समस्याको सामना गर्न परिरहेको छ।

पूर्व रेलवे अनुसार सियालदह–लालगोला रूटमा चल्ने नियमित ट्रेनहरू अहिले पनि चल्न सकेका छैनन्। हाल ट्रेनहरू कृष्णनगरसम्म पुगेर फर्किरहेका छन्।

अधिकारीहरू मुताविक कृष्णनगरदेखि पलाशीसम्म ट्रेन सेवा शुरू गर्न सकिन्छ कि सकिँदैन यसमाथि आइतवार चर्चा हुनसक्छ। कुनै पनि अप्रिय स्थितिदेखि बच्नको लागि हरेक स्टेशनमा आरपीएफको अतिरिक्त तैनाथी गरिएको छ।

रेल सेवा ठप्प रहेको कारणले ठूलो संख्यामा मानिसहरूले बसहरू मार्फत यात्रा गरिरहेका छन् जसबाट सड़कहरूमा व्यापक भीड़ देखिँदैछ। बसहरूमा ठूलो भीड़ उर्लिरहेको छ। सड़क मार्गहरूमा पनि पुलिसले निगरानी राखिरहेको छ।

उल्लेखनीय छ, झारखण्डमा काम गर्न गएका मुर्शिदाबादका श्रमिक अलाउद्दीन शेखको हत्या भएको आरोपमा गत शुक्रवार बेलडांगाको स्थिति अनियन्त्रित भएको थियो। अलाउद्दीनको शव गाउँमा आइपुगेपछि मानिसहरूले विरोध प्रदर्शन गर्न शुरू गरे। यस अवधि यो प्रश्न पनि उठाइयो, आखिर मुर्शिदाबादका श्रमिकहरूलाई अन्य राज्यहरूमा बारम्बार किन लक्षित गरिँदैछ?

प्रदर्शनकारीहरूले राष्ट्रिय राजमार्ग- 12 लाई जाम गरिदिए साथै रेलवे स्टेशनको पनि घेराउ गरे। शुक्रवारपछि शनिवार पनि हिंसा जारी रह्यो। आरोप छ, प्रदर्शनकारीहरूले रेलवे सिग्नल पोस्टलाई उखालिदिए, रेल गेट र केही क्लक रूपमहरूमा तोड़फोड़ गरे। त्यसैले अहिलेसम्म पनि रेल सेवा सामान्य हुन सकेको छैन।

ट्रेनहरू बन्द भएको कारणले सबैभन्दा अधिक नोक्सान ती व्यापारीहरूलाई भइरहेको छ जसले मुर्शिदाबादबाट सब्जी र छाना (दुधबाट बनिएको उत्पाद)-लाई कोलकाता पठाउँछन्। सियालदह–लालगोला रूटबाट दिनहुँ ठूलो संख्यामा यात्रीहरू कोलकाता आवागमन गर्दछन्। हाल रेल सेवा कहिले बहाल हुन् त्यो स्पष्ट हुन सकेको छैन।

आइतवार बेलडांगा बजारका दोकानहरू खोलिए पनि पुलिसले बाहिरका मानिसहरूमाथि नजर राखिरहेको छ साथै यहाँका सीसीटीभी क्यामराको फुटेजलाई जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande