72 घण्टाभित्रै अध्यक्ष फेरिएकोमा बबाल, तृणमूल कार्यकर्ताहरूद्वारा बर्दवान–आरामबाग रोड जाम
72 घण्टाभित्रै अध्यक्ष फेरिएकोमा बबाल, तृणमूल कार्यकर्ताहरूद्वारा बर्दवान–आरामबाग रोड जाम


पूर्व बर्दवान, 18 जनवरी (हि. स.)। नव-नियुक्त अञ्चल अध्यक्षलाई मात्र 72 घण्टाभित्रमा अपदस्थ र्ने फसेला गरेको विरोधमा तृणमूल कंग्रेसको असन्तुष्टि उजागार भएको छ। पार्टीमा भेदभाव भएको आरोप लगाउँदै आइतवार सेहारा क्षेत्रका पार्टी कार्यकर्ता अनि समर्थकहरूले बर्दवान-आरामबाग रोडलाई जाम गरी व्यापक विरोध प्रदर्शन गरे। यो अवरोध मिरेपोता क्षेत्रमा गरिएको हो।

उल्लेखनीय छ, गत 15 जनवरीमा आयोजित एक पत्रकार सम्मेलनमा पूर्व बर्दवान जिल्लाका विभिन्न अञ्चलहरूका अध्यक्षहरूको सूची जारी गरिएको थियो। यसै सूचीमा सेहारा अञ्चलका अध्यक्षको रूपमा अखिल बागको नाम उल्लेख गरिएकोथियो। तर केही दिन नबित्दै अकारण उक्त सूचीबाट अखिल बागको नामलाई हटाएर उनको सट्टा समीर साईंलाी अञ्चल अध्यक्ष घोषित गरियो। यसै फसेलाको कारणले पार्टी कार्यकर्ताहरूमा व्यापक असन्तुष्टि फैलिएको छ।

प्रदर्शन गरिरहेका कार्यकर्ताहरूले आरोप लगाएका छन्, समीर साईं विगत लामो समयदेखिकै संगठनमा निष्क्रिय थिए। उनको कार्यकालमा माकपाको लगातार ऱ्याली तथा मार्चहरू भए पनि तृणमूल कंग्रेसको पक्षबाट कुनै प्रभावकारी कार्यक्रम आयोजना गरिएन। तथापि पार्टीका पुराना एवं सक्रिय कार्यकर्ता अखिल बागलाई कारण नबताई पदबाट हटाउनु अन्यायपूर्ण छ।

कार्यकर्ताहरूले यो पनि आरोप लगाए, अखिल बाग अनुसूचित जाति वर्गका हुन्, त्यसैले उनलाई योजनाबद्ध ढंगमा पदबाट हटाइएको हो। प्रदर्शनकारीहरूले प्रश्न उठाए, के अब पार्टीमा योग्यताको सट्टा जातिलाई हेरेर फसेला लिइनेछ?

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande