गौरव गोगोईद्वारा काजीरंगा एलिभेटेड कोरिडोरको विरोध गरिनु दुर्भाग्यपूर्ण हो: भाजपा
गौरव गोगोईद्वारा काजीरंगा एलिभेटेड कोरिडोरको विरोध गरिनु दुर्भाग्यपूर्ण हो: भाजपा


काजीरंगा (असम), 18 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा आज शिलान्यास गरिएको काजीरंगा क्षेत्रमा प्रस्तावित एलिभेटेड कोरिडोरको विरोध गरेकोमा कंग्रेस सांसद गौरव गोगोईमाथि भाजपा नेताहरूले तीव्र हमला गरेका छन्। भाजपाका मन्त्री एवं विधायकहरूले भने, काजीरंगा वासीहरूको वर्षौं पुरानो मागलाई पूरा गर्नको लागि बनाउन गइरहेको यस महत्वपूर्ण प्रोजेक्टको विरोध गर्नु अत्यन्त दुर्भाग्यपूर्ण हो।

असम सरकारका मन्त्री जयन्त मल्लबरुवाले भने, विकास कस्तो हुन्छ भन्ने कुरा गौरव गोगोई थाहा नै छैन। त्यसैले उनले यस्तो कुरा गरिरहेका छन्। अगप अध्यक्ष तथा असम सरकारका मन्त्री अतुल बोराले भने, गौरव गोगोईलाई विरोध मात्र गर्नुछ, त्यसैले उनले एलिभेटेड कोरिडोरको विरोध गरिरहेका छन्। उनले भने, यो परियोजना क्षेत्रको विकास तथा यातायात व्यवस्थालाई सुदृढ़ बनाउनको लागि अत्यन्त आवश्यक हुँदाहुँदै पनि राजनीतिक कारणले यसको विरोध गरिरहेको छ।

भाजपा विधायक दिप्लुरञ्जन शर्माले अझ कड़ा शब्दमा प्रतिक्रिया व्यक्त गर्दै भने, गौरव गोगोईका नीतिहरूको उनी निन्दा गर्दछन्। उनले आरोप लगाए, गौरव गोगोई असमप्रति जवाफदेही छैनन्, उनले तुष्टिकरणको राजनीति गरिरहेका छन्।

भाजपा सांसद कामाख्या प्रसाद तासाले भने, गौरव गोगोईले राजनीतिको धेरै कुरा सिक्नु बाँकी नै छ। उनले भने, ज नताको हितसित जोड़िएका विकास कार्यहरूको विरोध गर्नु कुनै पनि दृष्टिले उचित होइन।

भाजपा नेताहरूको भनाइ छ, काजीरंगाका मानिसहरूले एलिभेटेड कोरिडोरको लामो समयदेखिकै प्रतीक्षा गरिरहेका थिए। यो निर्माण भयो भने स्थानीय मानिसहरूलाई मात्र सुविधा नभेर क्षेत्रको समग्र विकासले पनि गति पाउनेछ। यस्तो स्थितिमा यस परियोजनाको विरोध गर्नु भनेको जनभावनाको विरोध गर्नु हो।

उल्लेखनीय छ, प्रधानमन्त्रीद्वारा आज शिलान्यास गरिएको काजीरंगा एलिभेटेड कोरिडोर परियोजनाको विरोध गर्दै कंग्रेस अध्यक्ष गौरव गोगोईले भने, सात हजार कड़ोर रुपियाँ यसमा खर्च गर्नुभन्दा कृतिम जल जमाउको समस्या समाधान गर्न सकिए उचित हुनेथियो। उनले भने, यस एलिभेटेड कोरिडोरको निर्माण कार्य अवधिमा काजीरंगाका वन्यजीवहरूलाई ठूलो समस्या हुनेछ तथा व्यापक रूपमा जल प्रदूषण हुनेछ। गौरव गोगोईले आज कामरूप जिल्लाको हाजोमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरूसित बातचित गरिरहेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande