
नयाँ दिल्ली, 18 जनवरी (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले नाइजीरियाली नागरिकहरूद्वारा संचालित अन्तर्राष्ट्रिय ड्रग सिण्डिकेटको भण्डाफोड़ गर्दै 418 ग्राम कोकिन र 925 एमडीएमए (एक्स्टेसी) ट्याबलेट जफत गरेको छ जसको अन्तर्राष्ट्रिय बजारमा अनुमानित मूल्य 5 कड़ोर रुपियाँ रहेको छ।
क्राइम ब्राञ्चका पुलिस उपायुक्त हर्ष इन्दौराले आइतवार बताए, क्राइम ब्राञ्चले पछिल्लो लामो समयदेखिको दिल्लीमा सक्रिय ड्रग तस्करी नेटवर्कमाथि नजर राखिरहेको थियो। यसै क्रममा हेड कन्स्टेबल सन्दीप कादियानलाई सूचना प्राप्त भयो, नाइजीरियाली नागरिक फ्र्यांक विटस जो पहिला पनि एनडीपीएस अक्टको मामिलामा संलिप्त रहिसकेको छ,- ले दक्षिण-पश्चिम दिल्लीमा कोकिन र एमडीएमए सप्लाई गरिरहेको छ।
सूचना पुख्ता भएपछि पुलिस टीमले आरोपीको तकनिकी तथा म्यानुअल सर्भिलान्स शुरू गऱ्यो। आरोपीले लगातार आफ्नो ठेगाना परिवर्तन गरिरहेको थियो। कड़ा परिश्रम गरेर पुलिसले उसको लोकेसन ट्रेस करी छापा माऱ्यो अनि फ्र्यांक विटसलाई समात्यो। जाँचमा उबाट 418 ग्राम कोकिन र 910 एमडीएमए ट्याबलेट जफत गरियो। त्यसपछि एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरी अग्रिम जाँच शुरू गरियो।
जाँचबुझमा सप्लाई चेनको खुलासा-
जाँचबुझमा फ्र्यांकले बतायो, उसले दिल्ली सहित वरपरका राज्यहरूमा ड्रग सप्लाई गर्थ्यो। मोबाइल फोनको तकनिकी विश्लेशणबाट थाहा लाग्यो कि ड्रग्सको सप्लाई अर्को नाइजीरियाली नागरिकले गरिरहेको थियो जो व्हाट्सएपमा नाइजीरियाली नम्बरबाट जोड़िएको थियो।तकनिकी प्रमाणको आधारमा पुलिसले महरौली क्षेत्रमा छापा मारेर सण्डे ओटुलाई पक्राउ गऱ्यो। उसको भाड़ाको कोठाबाट 15 एक्स्टेसी ट्याबलेट जफत गरियो। जाँचबुझमा उसले बतायो, पछिल्लो दुई वर्षदेखिको उसले दिल्लीमा बसेर फ्र्यांकलाई ड्रग्स सप्लाई गरिरहेको थियो र पक्रा पर्ने डरले लगातार ठेगाना फेर्दै बसिरहेको थियो।
पुलिस उपायुक्त अनुसार जाँचमा थाहा लागे मुताविक सम्पूर्ण ड्रग सिण्डिकेटको मुखिया नाइजीरियामा रहेको एलो चुक्वु हो। ड्रगको खेपलाई दिल्लीसम्म ल्याउनको लागि अफ्रिकी महिलालाई प्रयोग गरिनथ्यो जसले गिफ्ट प्याकको माध्यमबाट कोकिन र एक्सटेसी ट्याबलेट्सको डिलीभरी गर्थी। पुलिस अनुसार फ्र्यांक वर्ष 2012- मा बिजनेस भिजामा भारत आएको थियो भने वर्ष 2015-मा उसलाई एनसीबीले एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गरेको थियो जसको पासपोर्ट पटियाला हाउस कोर्टमा जमा गरिएको छ। वर्ष 2024-मा जमानतमा बाहिरिएपछि उसले फेरि नशाको कारबार शुरू गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा