टीएमसी सांसदको ‘डाक टिकट’ विवाद : शुभेन्दु अधिकारीले गरे लक्षित
टीएमसी सांसदको ‘डाक टिकट’ विवाद : शुभेन्दु अधिकारीले गरे लक्षित


कोलकाता, 18 जनवरी (हि.स.)। तृणमूल कंग्रेस (टीएमसी)- का सांसद औ अभिनेता देव (दीपक अधिकारी)- द्वारा सोशल मीडिया प्लेटफर्म एक्समा गरिएको एउटा पोस्टलाई लिएर राजनीतिक विवाद गहिरिँदै गइरहेको छ। देवले एउटा डाक टिकटको तस्वीरलाई साझा गर्दै लेखे, इण्डिया पोस्टद्वारा आफ्नो नाममा डाक टिकट जारी गरिएकोमा “गहराई पूर्वक सम्मानित औ अभिभूत” भएका छन्।

यद्यपि यस दाबीमाथि एक जना पत्रकारले फ्याक्ट-चेक गर्दै भने, यो भारत सरकारको आधिकारिक स्मारक डाक टिकट हो। पत्रकार अनुसार यो टिकट इण्डिया पोस्टको “माय स्ट्याम्प” सेवा अन्तर्गत बनाइएको एक निजीकृत डाक टिकट हो जसलाई कुनै पनि नागरिकले लगभग 3 सय रुपियाँ दिएर बनाउन सक्छ। यसको सरकारी सम्मान वा राष्ट्रिय मान्यतासित कुनै सम्बन्ध छैन।

यस मुद्दालाई लिएर अब भाजपा नेता तथा पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारी पनि सामु आएका छन्। उनले आइतवार पत्रकारको पोस्टलाई एक्समा साझा गर्दै चर्को प्रतिक्रिया व्यक्त गरे।

शुभेन्दु अधिकारीले लेखे, “यो टीएमसीको धोकाधड़ी र आत्म-प्रशंसाको संस्कृतिको थप अर्को उदाहरण हो। जुन सम्मानको दाबी गरिँदैछ, त्यो न त कुनै स्मारक डाक टिकट हो, न कुनै राष्ट्रिय मान्यता। एक और उदाहरण है। यो मात्र इण्डिया पोस्टको एउटा सेवा हो जो हरेक नागरिकको लागि उपलब्ध छ। आखिर टीएमसीले बंगाललाई भ्रमित पार्न कहिल्ये छोड़्ला?”

शुभेन्दु अधिकारीको उक्त बयान पश्चात यो मामिला राजनीतिक बहसको विषय बनेको छ। विपक्षले यसलाई जनतालाई भ्रमित पार्ने चेष्टा बताइरहेको छ भने टीएमसी वा सांसद देवको पक्षबाट यो समाचार लेखुञ्जेलसम्म कुनै आधिकारिक स्पष्टिकरण प्रकाशमा आएको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande