
नयाँ दिल्ली, 18 जनवरी (हि.स.)। शाहदरा जिल्लाको गीता कलोनी थाना क्षेत्रमा गए शनिवार अबेर राति मातेर भएको आपसी विवादमा एक जना रिक्शा चालकको निर्दयतापूर्वक हत्या गरियो। पुलिसले आरोपीलाई पक्राउ गरी हत्यामा प्रयोग गरिएको काठको लौरोलाई जफत गरेको छ।
शाहदरा जिल्लाका पुलिस उपायुक्त प्रशान्त गौतमले आइतवार बताए, गए शनिवार राति लगभग 9:49 बजी पुलिसलाई पीसीआर कल मार्फत गान्धी नगरस्थित एसकेवी नम्बर-1 स्कूलको बाउण्ड्री वाल नजिक सड़क किनारमा एक जना व्यक्ति रगताम्मे अवस्थामा लड़िरहेको सूचना प्राप्त भयो। सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले एक जना व्यक्तिलाई मृत अवस्थामा फेला पाऱ्यो। उक्त व्यक्तिको टाउकोमा गम्भीर चोट लागेको थियो भने चारैतिरबाट रगत बगिरहेको थियो।
जाँचमा मृतकको पहिचान 36 वर्षीय दनुआ उपनाम लालबत्ती, निवासी जिल्ला हाथरस (उप्र)-को रूपमा भएको छ जसले गान्धी नगर क्षेत्रमा माटोको भाँड़ा बनाउने काम गर्थ्यो। शवलाई पोस्टमर्टम गर्नको लागि जीटीबी अस्पतालमा पठाइएको छ। क्राइम टीमले घटनास्थलमा पुगेर प्रमाण जुटाउनको साथै फोटोग्राफी पनि गरायो।
पुलिसलाई गान्धी नगरस्थित स्कूलको बाउण्ड्री वाल निकट फुटपाथमा ढाबा संचालन गर्ने 62 वर्षीय खुशिरामले बताए, साँझ दनुआ र उसको साथी बन्टी ढाबामा आएका थिए जहाँ दुवैले रक्सी खाए। केही समयपछि दुईबीच भनाबैरी शुरू भयो जुन हेर्दा-हेर्दै गाली एवं झगड़ामा परिणत भयो। यसै अवधि आक्रोशमा आएर बन्टीले छेवैमा रहेको लौरोले दनुआको टाउकोमा बलपूर्वक प्रहार गऱ्यो। टाउकोमा गम्भीर चोट लागेको कारणले दनुआ भुइँमा लड़्यो। केही समयपछि उसको मृत्यु भयो। सिकायतको आधारमा गीता कलोनी थानामा हत्याको मामिला दर्ता गरी आरोपी बन्टी (26)-लाई पक्राउ गरिएकोछ। हत्यामा प्रयुक्त लौरोलाई पनि जफत गरिएकोछ। पुलिसको भनाइ छ, प्रारम्भिक जाँचमा मामिला अचानक विवाद तथा उक्साहटमा गरिएको प्रतीत भइरहेको छ। आरोपीसित जाँचबुझ भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा