
गान्तोक, 18 जनवरी (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले सोनाम लोछारको पावन अवसरमा सम्पूर्ण सिक्किमवासीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।
राज्यपाल माथुरले आज जारी आफ्नो सन्देशमा भने, “सोनाम लोछारको पर्वको अवसरमा म सिक्किमका सम्पूर्ण बासिन्दाहरू, विशेषगरी तामाङ समुदायलाई, हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। हाम्रा पर्वहरूले हामीलाई आफ्ना समृद्ध संस्कृति र परम्पराहरूको संरक्षण गर्ने अवसर दिनुका साथै विभिन्न समुदायबीच प्रेम, सद्भाव र सामाजिक एकताको भावना मजबुत बनाउन सहयोग गर्छन्, जसले ‘एक भारत, श्रेष्ठ भारत’ को भावनालाई जीवन्त बनाउँछ।”
राज्यपालले सोनाम लोछार केवल तामाङ समुदायको सांस्कृतिक धरोहरको उत्सव मात्र नभई सिक्किममा सांस्कृतिक सामञ्जस्य र सामाजिक एकतालाई अझ सुदृढ़ गर्ने महत्वपूर्ण अवसर पनि रहेको बताएका छन्। उनले यस पावन अवसरले सबै सिक्किमवासीको जीवनमा समृद्धि, सौहार्द, सुख–शान्ति तथा खुशहाली ल्याओस् भन्ने कामना गरेका छन्।
राज्यपालले सम्पूर्ण सिक्किमवासीसँग हाम्रो साझा सांस्कृतिक धरोहरको संरक्षण गर्न र मिलेर सिक्किमलाई अझ समृद्ध, एकताबद्ध तथा प्रगतिशील राज्य बनाउने दिशामा अघि बढ्न आग्रह गररेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल