गुरुग्राम: सिक्योरिटी गार्डलाई अभिनेता अनुपम खेरले स्मार्टफोन उपहार दिए, सिक्योरिटी गार्डसित फोटो पनि खिचे
गुरुग्राम: सिक्योरिटी गार्डलाई अभिनेता अनुपम खेरले स्मार्टफोन उपहार दिए, सिक्योरिटी गार्डसित फोटो पनि खिचे


-सोहना क्षेत्रमा अनुपम खेरको फिल्म खोसला का घोंसला-2 को शुटिंग भइरहेको छ

गुरुग्राम, 18 जनवरी (हि.स.)। फिल्म अभिनेता अनुपम खेरसित की-प्याड फोन लिएर फोटो खिचाउन गएको सिक्योरिटी गार्डलाई अनुपम खेरले स्मार्टफोन उपहारमा दिए अनि उसित फोटो खिचाएर उसको सपना पूरा गरिदिए। स्मार्टफोन गिफ्ट पाएकोमा तथा त्यसबाट खिचेका तस्वीरहरूलाई कोसौं टाड़ा बसेको आफ्नो परिवारलाई पठाएर सिक्योरिटी गार्डले आफ्नो खुशी व्यक्त गऱ्यो।

अहिलेघरि सोहना खण्डको धुनेला बिरका गाउँ नजिकै अवस्थित सेन्ट्रल पार्क फ्लावर भ्याली- सोसाइटीमा खोसला का घोंसल-2 फिल्मको शुटिंग भइरहेको छ। यसै शीर्षकमा पहिलो फिल्म वर्ष 2006-मा बनिएको थियो। त्यसको शुटिंग अनुपम खेरले रोहतक शहरमा गरेका थिए। अब यस फिल्मको दोस्रो भागको निर्माण भइरहेको छ जसमा भोजपुरी अभिनेता एवं सांसद रवि किशन सहित अन्य कलाकारहरूलाई देखिनेछ।

अनुपम खेरले आफ्नो सोशल मीडिया अकाउन्टमा पौने तीन मिनटको एउटा भीडियो साझा गरे। उनलाई कुहिरोबीच फिल्मको शुटिंग साइटमा देखिएको छ। उनले त्यहाँका मानिसहरूमाझ आफ्नो ड्यूटीमा तैनाथ सिक्योरिटी गार्डलाई भने, धर्मेन्द्रजी के हाल छ? कुहिरोबीच आज यहाँ केही पनि देखिरहेको छैन। बातचितको बीचमा अनुपम खेरले सिक्योरिटी गार्ड धर्मेन्द्रसित उसको मोबाइल फोन मगे। धर्मेन्द्रको की-प्याड मोबाइललाई भीडियोमा देखाउँदै अनुपम खेरले भने, यिनले मकहाँ आएर फोटो खिचाउने इच्छा व्यक्त गरेका थिए। धर्मेन्द्रले भने, मसित टच फोन छैन। अनुपम खेरले धर्मेन्द्रलाई की-प्याड फोनको बारेमा सोधे, यो मोबाइल कहिल्ये किनेको थियो? छः महिनाअघि। त्यसपछि अनुपम खेरले सिक्योरिटी गार्डसित भने, आज म तपाईलाई एउटा फोन गिफ्ट दिरहेको छु, हेर्नुहोस् यसमा के छ। अनुपम खेरले पोलिथिनबाट स्मार्टफोनको बक्सा निकालेर धर्मेन्द्रलाई भेंट गर्दा उसको खुशीको सीमा रहेन। सिक्योरिटी गार्डले नयाँ मोबाइल फोनबाट पहिलो फोटो अनुपम खेरसित खिचायो। उसले भन्यो, उसले यो स्मार्टफोन आफ्नो बाह्रौं कक्षामा अध्ययनरत छोरालाई दिनेछ ताकि उसको अनलाइन पढ़ाईमा सहयोग मिल्न सकोस्। यो गिफ्ट उसको लागि सबैभन्दा मूल्यवान हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande