वर्ल्ड इकोनोमिक फोरम 2026 मा भाग लिन देवेन्द्र फडणवीस दावोस प्रस्थान
वर्ल्ड इकोनोमिक फोरम 2026 मा भाग लिन देवेन्द्र फडणवीस दावोस प्रस्थान


मुम्बई, 18 जनवरी (हि.स.)। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस आइतवार विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) 2026 मा भाग लिन स्विट्जरल्याण्डको दावोस प्रस्थान भएका छऩ्।

मुख्यमन्त्रीको सचिवालय अनुसार, सम्मेलनमा मुख्यमन्त्री फडणवीससँगै उद्योगमन्त्री डा. उदय सामन्त र वरिष्ठ प्रशासनिक अधिकारीहरू पनि सामेल छन्।

मुख्यमन्त्री सचिवालय अनुसार, वैश्विक मञ्चमा भारतको विकास इन्जिनको रूपमा चुम्बकीय महाराष्ट्र लाई अझ् बलियो बनाउने प्रतिबद्धता गरिएको छ र सम्पूर्ण विश्वले यो नयाँ सुपर-ग्रोथ गाथातिर आशाका साथ हेरिरहेको छ। मुख्यमन्त्री फडणवीसले भने, डब्ल्यूईएफ 2026 ले महाराष्ट्रलाई 1 ट्रिलियन डलरको अर्थतन्त्रतर्फ द्रूत गतिमा अगाड़ी बढ़ाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। गत वर्ष महाराष्ट्रले 16 लाख करोड़ रुपियाँ बराबरको लगानी सम्झौतामा हस्ताक्षर गरेको थियो। यस वर्ष राज्य सरकारले अझ् बढ़ी लगानी आकर्षित गर्ने लक्ष्य राखेको छ।

दावोसमा आयोजित यस सम्मेलनको क्रममा वैश्विक उद्योग समूहहरू, लगानीकर्ताहरू र नीति निर्माताहरूसँग छलफल गरेर महाराष्ट्रमा प्रत्यक्ष विदेशी लगानी, औद्योगिक परियोजनाहरू, रोजगारी सृजन र आर्थिक विकासलाई बढ़ावा दिने कुरामा विशेष जोड दिइनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande