बंगाईगाउँमा सीआरपीएफ–रिफाइनरीको संयुक्त वृक्षारोपण अभियान, 1000 बिरूवा रोपियो
बंगाईगाउँमा सीआरपीएफ–रिफाइनरीको संयुक्त वृक्षारोपण अभियान, 1000 बिरूवा रोपियो


बंगाईगाउँ (असम), 18 जनवरी (हि.स.)। पर्यावरण संरक्षण एवं हरित आवरणलाई बढ़ाउने ध्येय लिएर आज तल्लो असमको बंगाई गाउँमा एक वृहत वृक्षरोपण कार्यक्रमको सफल आयोजन गरियो।

कार्यक्रममा एसएसएच रिजवी, पुलिस उपमहानिरीक्षक (परिचालन), लोवर असम, केन्द्रिय रिजर्भ पुलिस बल तथा रजनिश कुमार पाठक, उप कमान्डेण्ट, 156 बटालियन, सीआरपीएफको उपस्थिति रहेको थियो।

यस अवसरमा बंगाईगाउँ रिफाइनरीका वरिष्ठ अधिकारीहरू क्रमैले सुनिल कुमार कलिता, जीजीएम (टी), बालमुरुगन के., जीएम (टीएस), माईसूक बोडो, जीएम (सिक्योरिटी), रिमाण्ड के. देगोड, जीसी (पीयू एवं इन्स्ट्र.), केके काकोती, बीजीआरईयू, अनिल जैन, निशान्त, आकाश सिन्हा सहित सीआरपीएफका अधिकारी एवं जवानहरू उपस्थित थिए।

कार्यक्रम अन्तर्गत वरपरका क्षेत्रहरूमा लगभग 1000 बिरूवा रोपियो। यो अभियान बंगाईगाउँ रिफाइनरीको 54औं स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरिएको हो जसान्तर्गत रिफाइनरीद्वारा सीआरपीएफ परिवारलाई 10,000 बिरूवा उपलब्ध गराइयो। यस पहललाई पर्यावरण संरक्षणको दिशामा एक सराहनीय एवं अनुकरणीय कदम मानिँदैछ।

वृक्षारोपण अभियानमा सबै अधिकारीगण एवं जवानहरूले उत्साहपूर्वक भाग लिए भने सामुहिक रूपमा वृक्षरोपण गरी एकता, सहयोग तथा प्रकृतिप्रति प्रेमको सन्देश दिए। कार्यक्रम अवधि पर्यावरण संरक्षणको महत्वमाथि पनि प्रकाश पारियो।

स्थानीय ग्रामीण एवं उपस्थित जनमानसले यस पहलको मुरी-मुरी प्रशंसा गर्दै भविष्यमा यस किसिमको पर्यावरण हितैषी कार्यक्रमलाई निरन्तर जारी राख्ने संकल्प व्यक्त गरे ताकि प्रकृति एवं पर्यावरणलाई सुरक्षित तथा संरक्षित राख्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande