सड़क दुर्घटनामा युवकको मृत्यु, मानिसहरूले गरे प्रदर्शन
सड़क दुर्घटनामा युवकको मृत्यु, मानिसहरूले गरे प्रदर्शन


आसनसोल, 18 जनवरी (हि. स.)। उखड़ा माधाइगञ्ज रोडस्थित सरपी मोड़मा आइतवार बिहान भएको सड़क दुर्घटनामा एकजना युवकको मृत्यु भयो। घटना बिहान 6:30 बजे भएको हो। मृतक युवकको पहिचान सरपी गाउँ निवासी 25 वर्षीय पारितोष रूइदासको रूपमा भएको छ।

प्रत्यक्षदर्शीहरू अनुसार परितोषले सड़क पार गरिरहेका थिए, सोही समय उखड़ातिरबाट आइरहेको एउटा 16 चक्के ट्रकले उसलाई ठक्कर दियो। यस भयानक ठक्ककरमा परितोषको घटनास्थलमै मृत्यु भयो। दुर्घटना भएको खबर फैलिनसाथ ठूलो संख्यामा मानिसहरू घटनास्थलमा भेला भए। क्षतिपूर्ति र यातायात नियन्त्रणको मागमा स्थानीय मानिसहरूले सड़क जाम गरी विरोध प्रदर्शन गरे। लगभग तीन घण्टासम्म सड़क जाम रह्यो। सूचना पाएर उखड़ा चौकी अनि दुर्गापुर फरिदपुर थानाको पुलिस घटनास्थलमा पुग्यो।

सीआई पिन्टु मुखर्जी, स्थानीय विधायक नरेन्द्रनाथ चक्रवर्ती, तृणमूल कंग्रेसका दुर्गापुर फरिदपुर ब्लक अध्यक्ष शतद्वीप घटक सहित अन्य मानिसहरू पनि घटनास्थलमा पुगे।

लामो समयसम्म मध्यस्थता गरिएपछि स्थिति सामान्य भयो। जामलाी हटाइएपछि पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो।

स्थानीय मानिसहरूको आरोप छ, विभिन्न फ्याक्ट्री तथा कारखानाहरूका ठूल्ठूला वाहनहरूको आवागमन यसै सड़कबाट हुन्छ। उनीहरूले यातायातलाई नियन्त्रण गर्ने माग पनि गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande