शान्ति, सम्वाद र नैतिक नेतृत्वको मञ्च हो रामकथा: विजेन्द्र गुप्ता
शान्ति, सम्वाद र नैतिक नेतृत्वको मञ्च हो रामकथा: विजेन्द्र गुप्ता


नयाँ दिल्ली, 18 जनवरी (हि.स.)। दिल्ली विधानसभाका अध्यक्ष विजेन्द्र गुप्ताले आइतवार भने, रामकथा अतीतको आख्यान मात्र होइन, यो भविष्यको लागि नैतिक मार्गदर्शन तथा विश्व शान्तिको आह्वान हो। यस्तो समयमा जतिबेला विश्व युद्ध, हिंसा औ गहिरो विश्वास संकटको सामना गर्न परिरहेको छ, प्रभु श्रीरामका जीवन औ आदर्शले हामीलाई यो स्मरण गराउँछ कि साँचो नेतृत्व चरित्र, करुणा, संयम एवं नैतिक साहसमा निहित हुन्छ।

विजेन्द्र गुप्ताले आज यहाँ भारत मण्डपममा गए 17-देखि 25 जनवरीसम्म आयोजना भइरहेको नौ दिवसीय रामकथाको शुभारम्भको अवसरमा संयोजकको रूपमा सम्बोधन गरिरहेका थिए। यो रामकथा प्रतिदिन प्रातः 10:00 बजेदेखि आरम्भ भइरहेको छ।

यो रामकथा आचार्य लोकेश मुनिजीद्वारा स्थापित अहिंसा विश्व भारतीको तत्वावधानमा विश्व शान्ति केन्द्र मिशन अन्तर्गत आयोजना भइरहेको छ।आध्यात्मिक गुरु एवं अन्तर्राष्ट्रिय ख्यातिप्राप्त रामकथा वाचक मोरारी बापूले कथाको प्रवचन भनिरहेका छन्। पूर्व राष्ट्रपति रामनाथ कोविंद आयोजन समितिका अध्यक्ष छन्।

विजेन्द्र गुप्ताले भने, श्रीराम कथा ऐतिहासिक रूपमा नैतिकता, भ्रातृत्व औ मानवताका मूल्य प्रसारको सशक्त माध्यम रहिआएको छ भने यो भारतको सांस्कृतिक औ आध्यात्मिक जीवनको अविभाज्य अंग हो। रामकथा भारतको जीवन्त सभ्यताको प्रतीक हो जहाँ आध्यात्मिकता औ शान्ति-निर्माण अलग-अलग होइन, एका-अर्कासित गहिराई पूर्वक जोड़िएको छ। प्रभु श्रीरामको जीवनले सिकाउँछ, शक्ति सेवाको लागि हन्छ, त्याग नै वास्तविक शक्ति हो अनि धर्म केवल कर्मकाण्ड होइन जबकि नौतिक साहस पनि हो। यो सिद्धान्त आजको सार्वजनिक जीवनमा पनि अत्यन्त प्रासंगिक छ। उनले भने, मोरारी बापूले दशकौंदेखि भारत अनि विश्वका विभिन्न देशहरूमा रामकथाको माध्यमबाट मानवताको सन्देश समाजको मूलमा पुऱ्याउँदै आइरहेका छन्।

प्रतिष्ठित कथा वाचक मोरारी बापूले आफ्नो सम्बोधनमा भने, रामकथा मानवताको साथमा एक जीवन्त आध्यात्मिक सन्देश हो जो करूणा, आत्मचिन्तन तथा नैतिक उत्तरदायित्वलाई जागृत गर्नमा सक्षम छ। उनले भने, प्रभु श्रीरामको जीवनले सामञ्जस्य, संयम एवं सहानुभूतिको शाश्वत मार्गदर्शन प्रदान गर्दछ साथै संघर्ष र विभाजनबाट चिन्हित वर्तमान युगमा रामकथालाई विश्व शान्तिको मिशनसित जोड़्नु समायोचित एवं आवश्यक छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande